१८ कार्तिक २०८३, बुधबार

चितुवाको आक्रमणबाट डोटीमा फेरि एक महिला घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chituwa– झलक पाली
डोटी, २० वैशाख । डोटीको कपल्लेकी गाविसमा सोमबार फेरि एक महिलालाई चितुवाले आक्रमण गरी घाईते बनाएको छ ।

कपल्लेकी गाविस ७ घर भएका अन्दाजी ५५ वर्षीया अम्रिता बोगटीलाई चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

बोगटी स्थानीय जङ्गलबाट घाँस काटेर घर फर्कने क्रममा आमकोट भन्ने ठाउँमा चितुवाले आक्रमण गरि दायाँ खुट्टामा चोट पुर्याएको प्रहरीले जनाएको छ । उनको सुजङ्ग अस्पताल राजपुरमा उपचार भईरहेको र अवस्था खतरामुक्त रहेको जनाईएको छ ।

यहि बैशाख १२ गते राति मात्रै दिपायल सिलगढी नगरपालिका ७ कुलपातेमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको आँगनमै खोटो कम्पनीमा कार्यरत एक भारतीय नागरिकको ज्यान लिएको थियो ।

लगत्तै बैशाख १४ गते मंगलबार कपल्लेकी ९ समूहगाड नजिकै एक महिलालाई र बैशाख १९ गते आईतबार दिउँसो मात्रै कपल्लेकी ७ कै एक महिलालाई आक्रमण गरि घाईते बनाएको थियो ।

नरभक्षी चितुवालाई मार्नुभन्दा पनि तालिम प्राप्त उद्दार टोली बोलाएर उक्त चितुवालाई बर्दिया लैजाने डोटीका प्रमूख जिल्ला अधिकारी केशवप्रसाद आचार्यको सल्लाह अनुसार एक टोली बर्दियाबाट डोटी आएको थियो । करिब दुई-तीन दिनसम्म विभिन्न उपाए लगाउँदा समेत उक्त चितुवा फेलासम्म पनि पार्न नसकेपछि उक्त टोली सोमबार मात्रै फिर्ता भएको छ ।

दिनदाहाडै चितुवाले मानिसलाई आक्रमण गर्दा पनि स्थानीय प्रशासनले चितुवाबारे ठोस निर्णय लिन नसकेपछि स्थानीयबासिन्दाले आक्रोश पोखेका छन् भने उक्त क्षेत्रमा निकै सन्त्रास फैलिएको छ ।

यस विषयमा ठोस निर्णय लिनका लागि मंगलबार बिहान जिल्ला वन कार्यालय प्रमुख बद्री कार्की, प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज बिष्ट लगाएत बैठक बसी अन्तिम उपाय खोजिने डोटीका प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

निरन्तर चितुवाको आक्रमण हुन थालेपछि आत्मरक्षाका लागि कानुनले दिएको अधिकारभित्र रहने गरि मंगलबार अन्तिम विकल्प सहित समस्याको समाधान गरिने डोटीका प्रहरी उपरीक्षक बिष्टले बताए ।