१८ कार्तिक २०८३, बुधबार

बस पल्टिदा विजय गच्छदारका ३५ कार्यकर्ता घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bijaya-kumar-Gachchhadar

सप्तरी, २० वैशाख । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनपुर नगपालिका–५ मा सोमबार बस पल्टिँदा ३५ जना घाइते भएका छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको छ ।

कैलालीको धनगढीबाट विराटनगरतर्फ जाँदै गरेको ना४ख ९७४७ नंको बस विपरीत दिशाबाट आइरहेको साइकलयात्रीलाई बचाउन खोज्दा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ ।

दुर्घटनामा ३१ महिला र चार पुरुष गरी ३५ जना घाइते छन् ।

घाइतेहरुको विराटनगरस्थित न्यूरो अस्पताल र गोल्डेन अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक गौरव महतले जानकारी दिए ।

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको अधिवेशनमा सहभागी हुन कैलालीको धनगढीबाट विराटनगरतर्फ गइरहेका कार्यकर्ता चढेको बस दुर्घटनामा परेको हो । रासस