३१ आश्विन २०८३, शनिबार

हट नायिका नरगिस भन्छिन्, ‘खराब समीक्षाले म डूबे’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nargis Fakhariमुम्बई । अमरीकी मुलकी मोडल एवम् अभिनेत्री नरगिस फाकरीले इम्तियाज अलीको २०११ मा आएको फिल्म रकस्टारबाट आफ्नो फिल्मी करियर सुरू गरेकी हुन् ।

पाँच वर्षे फिल्मी करियरमा नरगिसले बलिउडमा आफूले कटरीना कैफले जस्तै सफलता पाउन नसक्ने बताएकी छिन् ।

भारतीय क्रिकेट टीमका पूर्व कप्तान मोहम्मद अजÞहरुद्दीनको जीवनमा आधारित फिल्म ‘अजहर’मा नरगिस फाकरीले नब्बेको दशकी अभिनेत्री संगीता बिजलानीको भूमिकामा देखिनेछिन् । संगीता बिजलानीले क्रिकेटर मोहम्मद अजहरुद्दीनसँग विवाह गरेकी थिइन् ।

बीबीसीसँगको कुराकानीका क्रममा नरगिस फाकरीले संगीता बिजलानीको भूमिकालाई लिएर आफूमा कुनै प्रकारको दबाब नरहेको बताएकी छिन् ।

नरगिसले आफ्नो बलीवुडको यात्रा सहज नरहेको बताउँछिन् । भन्छिन्, ‘रकस्टार’पछि मेरो अभिनयलाई लिएर खराब समीक्षा भयो, त्यसलाई मलाई ठूलो आघात पुगेको छ ।’

वरुण धवन र उदय चोपडालाई नरगिस फाकरीले फिल्मी इंडस्ट्रीमा आफ्नो नजिकको साथी मान्छिन् । अरुलाई धेरै नजिकको साथी बनाएकी छैनन् ।

२०१६ मा नरगिसको चार फिल्म आउँदैछ । ‘अजÞहर’, ‘हाउसफुल ३’, ‘बैंजो’ र ‘ढिशूम’ रहेका छन् ।