काठमाडौं । तत्कालीन नेकपा (माओवादी)बाट प्रभावित जिल्लाहरूका तीन युवाको कथालाई समावेश गरेर निर्माण गरिएको ‘रोल्पा रोग’ सेन्सर पास भएको छ ।
युवा निर्देशक दीपक ओलीले निर्देन गरेको ‘रोल्पा रोग’मा मानवीय समवेदनालाई जस्ताको त्यस्तै उतार्न खोजिएको छ । ग्रामीण भेगमा छायाँकन गरिएको ‘रोल्पा रोग’ले सेन्सरका क्रममा ‘पीजी’ सर्टिफिकेट पाएको छ । यो सर्टिफिकेटले १६ वर्षका बालबालिकाले अभिभावकबिनै एक्लै हेर्न पाउने छैनन् ।
वैशाख २४ गते राजधानीका मल्टिप्लेक्स र उपत्यका बाहिरका फिल्महरूमा एकैसाथ रिलिज हुन थालेको यो फिल्मको टिम २५ वर्षमुनिका युवाले निर्माण गरेको फिल्म हो । ‘फिल्ममा १–२ जना बाहेक सबै पात्र २५ वर्षमुनिका कलाकार छौँ’, निर्देशक ओलीले भने । फिल्ममालाई बास्तविक रुपमा उर्तानका लागि निर्देशक ओलीले सबै नयाँ कलाकार राखेका छन् ।
‘फिल्ममा बास्तविक दृश्य राख्नका लागि हामीले नयाँ कलाकार राखेका हौँ’, निर्देशक ओलीले भने, ‘पुरानै कलाकार राख्दा फिल्म खल्लो हुन सक्ने भएकाले जोखिम मोलेर नयाँ कलाकारबाट अभियन गराइएको छ ।’
‘रोल्पा रोग’लाई एवान मूभीमेकरको ब्यानरमा थलबहादुर ओली र निर्मला ओलीले निर्माण गरेका हुन । शिशिर भण्डारी फिल्ममा फरक भूमिकामा छन् । जनक घर्ती, कुलदीप अधिकारी, बिनु खड्का, रामबाबु आक्रोश, सुशील पोखरेललगायतका कलाकार अभिनय ‘रोल्पा रोग’मा छ ।
निर्देशक ओलीले ‘रोल्पा रोग’पछि अर्को सिक्वेल बनाउने मुड बनाएका छन् । ‘यसको सिक्वेल बनाउँछु’, उनले भने, ‘कथा पनि रेडी छ । केही प्राधिक तयारी पूरा हुनेवित्तिकै घोषणा गर्छु ।’
अब बन्ने ‘रोल्पा रोग’को दोस्रो पार्टमा कमेडी र फिल्मी मसलालाई राखिनेछ । कथा ग्रामीण परिवेशकै हुनेछ । फिल्मलाई अहिलेको चलनचल्ती जस्तै बनाइनेछ ।















प्रतिक्रिया