३१ आश्विन २०८३, शनिबार

कमल गाउँले भन्छन्, ‘ज्यान गए भन्दै भन्दिन आफै थाहा पाउनुस्’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kamal Ganule Nepali Kalakarकाठमाडौं । नेपाली फिल्ममा पछिल्लो समय व्यस्त बन्दै गएका हाँस्यकलाकार कमल गाउँलेको आजकाल दिनचार्य अलि बदलिएको छ । उनी फिल्ममा मात्रै होनइ प्रत्येक साता विभिन्न स्थानमा हुने साँकृतिक कार्यक्रम हुन् या महोत्सव सबैमा पुग्ने गरेका छन् ।

कमलको प्रस्तुति मनपराइएका कारण माग भएपछि आयोजकहरूले बोलाउने गरेका हुन् । ‘फिल्म खेलेर बचेको समय साँकृतिक कार्यक्रम र महोत्सवहरूमा दिने गरेको छ’, कमलले भने, ‘अहिलेसम्म सबैको माया पाएको छु ।’

कलाकार भएपछि आफूले कमाएको सम्मान र प्रतिष्ठा जोगाउनु सबैभन्दा ठूलो चुनौति हुने गरेको उनको भोगाइ छ । ‘सबैले चिन्छन् । जेमन लाग्यो त्यो गर्न पनि नपाइने’, उनले भने, ‘बोलाएको ठाउँमा नजाने हो भने साथीभाइ रिसाइदिने ।’

दीपाश्री निरौलाको ‘छक्कापञ्जा’मा सानोभएपनि भूमिका गरेका कमलको नयाँ फिल्म पनि रिलिज हुँदैछ । दमदार अभिनय गरेका कमलको नयाँ फिल्म ‘उहिले बाजेको पालामा’ रिलिज हुँदैछ । यो फिल्म वैशाख २४ गते राजधानी र जेठको ७ गते उपत्यका बाहिर रिलिज हुने कमलले बताए ।

Uhile Baje Ko Palama Nepal Movi‘उहिले बाजेको पालामा’ फिल्मको नामै कस्तो अनौठो छ भनेर सोधिएको प्रश्नको जवाफमा कमलले भने, ‘सबैसँग मिल्ने फिल्म बनाउने । कथा पनि उस्तै राख्ने हो भने फिल्म किन बनाउने ? फिल्ममा किन खेल्ने ? जे काम गर्दा पनि फरक गर्नुपर्छ ।’ फिल्ममा आफूले कमेडीका साथै जिम्मेवार व्यक्तिको भूमिका निभाएको बताए ।

फिल्ममा कस्तो भूमिका छ भन्ने प्रश्नमा उनले भने, ‘भन्दिन फिल्म हेरेर पो आफै थाहा पाउने हो । मैले भनेपछि फिल्मको कथा लिइक भइहाल्छ नि ।’ जवाफ दिएपछि कमल खित्का छाडेर हास्न थाले । आफू त हाँसे हाँसे यो सम्वाददातालाई पनि पेटमिचीमिची हँसाए ।

काठमाडौंमा डेरा छ कि घर छ भन्ने, ‘जिज्ञासामा कमलले भने दर्शकको मायाले मात्रै पेट नभरिँदो रहेछ ? काम पाउँदा काठमाडौं आएर गर्छु अरुबेला आफ्नै गृह जिल्लामा बसेर काम गर्छु । बोलाएको ठाउँमा जान्छु ।’

प्रस्तुति : विमल योगी