३१ आश्विन २०८३, शनिबार

१५ जना चढेको हेलिकोप्टर भयानक विष्फोटपछि दुर्घटनाग्रस्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Helicopter-crsh

काठमाडौं, १७ वैशाख । नर्वेको पश्चिममा अवस्थित सामुद्रिक तटमा हेलिकोप्टर शुक्रबार दुर्घटनाग्रस्त भएको छ ।

हेलिकोप्टरमा १५ देखि १७ जना मानिस यात्रारत भएको प्रहरीले बताएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

एउटा भयानक विष्फोट पछि आफूहरुले करिब १५ देखि १७ जना मानिस समुद्रमा तैरिरहेको अवस्थामा देखेको नर्वेली प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै टेलिभिजन स्टेसन टिभी–२ ले बताएको छ ।

हेलिकोप्टर दुर्घटनामा परेका केही मानिसलाई उद्धार गरिएको बताइए पनि उनीहरुको अवस्थाबारे केही जनाइएको छैन । रासस/एएफपी