३१ आश्विन २०८३, शनिबार

पाकिस्तानलाई फाइटर विमान एफ-१६ नदिन ओबामालाई चेतावनी, भारत खुसी !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Obama-nawaz-modi

काठमाडौं, १६ वैशाख । पाकिस्तानलाई फाइटर विमान नदिन अमेरिकी राष्ट्रपति बराक ओबामामाथि दबाब परेको छ ।

अमेरिकाका कैयौ वरिष्ठ सांसदहरुले राष्ट्रपति ओबामालाई पाकिस्तानले एफ–१६ लडाकु विमानको प्रयोग भारतविरुद्ध गर्न सक्ने र यसले दक्षिण एसियाको शान्ति खलबलिनुका साथै तनाव सिर्जना हुने चेतावनी दिएका हुन् ।

यो खबरले भारत भने खुसी भएको समाचार भारतीय सञ्चारमाध्यमले लेखेका छन् । किनकि पाकिस्तान भारतको मूख्य दुश्मन र सुरक्षा चुनौति हो ।

ileana-ros-1

अमेरिकी सांसदहरुले पाकिस्तानलाई एफ–१६ विमान दिने निर्णयमा पुनर्विचार गर्न ओबामालाई सुझाव पनि दिएका छन् । यी सांसदहरुले आतंकवादविरुद्ध लड्ने पाकिस्तानको एउटा बहानामात्रै भएको बताएका छन् । पाकिस्तानले फाइटर विमान हात पारेर भारतमाथि दबाब पार्ने रणनीति अख्तियार गरिरहेको उनीहरुको टिप्पणी छ । पाकिस्तानले पर्याप्त संख्यामा एफ–१६ लडाकू विमान पाएमा एसियाको शान्ति व्यवस्थामाथि असर पर्ने शंका पनि सांसदहरुले गरेका छन् ।

ileana-ros-2

अमेरिकी सञ्चारमाध्यमका अनुसार वरिष्ठ सांसद मैट सेलमान, ब्रेड शर्मन र इलीना रासले पाकिस्तानलाई एफ–१६ लडाकु विमान दिने निर्णयमा पुनर्विचार गर्न ओबामालाई सुझाव दिएका हुन् ।

Fiter-Biman

यता ओबामाका प्रतिनिधि रिचर्ड आलसनले पाकिस्तानलाई एफ–१६ विमान दिने निर्णय आतंकवादविरुद्ध लड्नका लागि भएको बताए । उनले भने- ‘हामीले दिएका लडाकू विमानहरु अफगानिस्तानको बोर्डरमा तैनाथ हुनेछन् जहाँ तालिवानीविरुद्ध लड्नेछन् ।’

यसअघि अमेरिकी सरकारले पाकिस्तानलाई ३० भन्दा बढी लडाकू विमान दिने निर्णय गरेको थियो ।