३१ आश्विन २०८३, शनिबार

राष्ट्रसंघको महासचिवका लागि अष्ट्रेलियामा जनमत सर्वेक्षण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Australia-flag-1क्यानवेर्रा, १६ वैशाख । संयुक्त राष्ट्रसङ्घको सर्वोच्च पद महासचिवको रिक्त हुने स्थानमा आगामी नियुक्तिका लागि सम्भावित अष्ट्रेलियाली व्यक्तित्व विषयमा अष्ट्रेलियामा एक जनमत सर्वेक्षण सम्पन्न भएको छ ।

यस सर्वेक्षणमा अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री केभिन रुडले भन्दा न्यूनिल्यान्डका पूर्वप्रधानमन्त्री हेलेन क्लार्कले बढी मत पाएका छन् ।

जनमत सर्वेक्षणमा भाग लिने प्रत्येक पाँच अष्ट्रेलियाली मध्ये एक जनाले मात्र रुडको समर्थनमा मतदान गरेका थिए ।

आज प्रकाशित फेयरफ्याक्स मिडियाका पत्रपत्रिकाहरुले उल्लेख गरेअनुसार “द इस्सेन्सील पोल” शिर्षकमा उक्त जनमत सर्वेक्षण बारे गरिएको चर्चामा पूर्वप्रधानमन्त्री रुडकै दल लेबर पार्टी समर्थकहरुले पनि रुडलाई भन्दा न्यूजिल्यान्डका हेलेन क्लार्कलाई नै प्राथमिकता दिएका छन् ।

संयुक्त राष्ट्रसङ्घका वर्तमान महासचिव बान कि मुनले यसै वर्षको अन्त्यतिर अवकास प्राप्त गर्दै छन् । जनमत सर्वेक्षणमा सहभागी हुनेहरुमध्ये ४५ प्रतिशतले क्लार्कको पक्षमा २१ प्रतिशत रुडको पक्षमा मतदान गरका थिए भने ३४ प्रतिशत चाँही अन्योलमै रहेका जनाइएको छ ।

आगामी राष्ट्र सङ्घीय महसचिव पदका लागि पूर्वको यूरोप मानिने महादेश अष्ट्रेलियाका केभिन रुड र न्याूजिल्यान्ड हेलेन क्लार्क दुवै जना सम्भावित उम्मेदवारका रुपमा देखिएका छन् । जनमत सर्वेक्षणको परिणामबाट खिस्रिक्क परेका रुडले “अन्त्यमा मेरा नाम रुडोभिच हो भन्नेमा आफैँ दोधारमा परेँ” भनि प्रतिक्रिया दिए । उनले उक्त पदको लागि आपूmलाई प्रवल दावेदार मान्दै आएका थिए । रासस/सिन्ह्वा