काठमाडौँ, १८ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री सुशील कोइरालाबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा भएको भेटवार्ता सम्पन्न भएको छ ।
प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा नेपाल र भारतबीच तीन सम्झौतामा हस्ताक्षर भएको छ ।
दुवै देशका समकक्षीवीच भएको वान टु वान भेटवार्तामा भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई जस्तोसुकै सहयोग गर्न पनि आफू तयार रहेको बताउनु भएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री मोदीले आफू नेपाललाई विशेष सहयोग गर्न तयार रहेको बताउनु भएको छ । उहाँले शनिवार सुनकोसी नदीमा आएको पहिरोका कारण प्राकृतिक प्रकोपमा परेका बाढीपहिरो पीडितहरुलाई पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
त्यसैगरी भेटमा प्रधानमन्त्री कोइरालाले आफूहरु संविधान लेखन कार्यमा गम्भिर भएर लागेको बताउँदै तोकिएकै समयमा संविधान जारी हुने विश्वास व्यक्त गर्नुभएको थियो ।















प्रतिक्रिया