३१ आश्विन २०८३, शनिबार

गीत संगीत मेरो प्राण होः भर्सलटाइल गायिका निशा देसार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nisha-deshar

काठमाडौँ । सानैदेखि गायनमा रुची राख्ने गायिका निशा देसार वि.सं २०५८ सालदेखि भने बिधिबत रुपमा नै यो क्षेत्रमा प्रवेश गरेकी हुन् ।

रेडियो नेपालको गायन प्रतियोगितामा भाग लिएर प्रथम भएपछि उनले पछाडि फर्केर हेर्नुपरेन । आफ्ना काकाको प्रेरणाले यो क्षेत्रमा लागेकी देसारले २०५५ पछि एफएम सुनेर गीत गाउने गर्थिन । उनको ललितपुरको चापागाउँमा बुवा ज्ञान देसार र आमा छिरीमायाँ देसारको कोखबाट जन्म भयो । निशा देसारको एकजना दाजु र बहिनी छन् ।

गाउँमा हुँदा त्यहाँ सांगीतिक वातावरण नै भएकाले पूजाआजामा आफूले गीत गाउने माहौल भएकाले पनि आफू यो क्षेत्रमा आकर्षित भएको उनि बताउछिन । चर्चित गीत तथा गजलहरु गाउँदै चर्चाको शिखरमा चढ्दै गरेकी गायिका ‘नीशा देसार’ नेपाली सुगम संगीतमा चल्तीको नाम हो ।

सुमधुर स्वरकी धनी नीशा पछिल्लो समय गजल र आधुनिक गायनका कारण बढी चर्चामा छिन् । ‘भन्न त भन्छन् मान्छेहरू जमाना खराब छ’, ‘तिम्रो मेरो सम्बन्धको चर्चा चल्न थाल्यो’ अजनवी जस्ता गीतले उनलाई चर्चित मात्र बनाएन, स्रोता दर्शकको दिलमै बसायो । डेड दशकदेखि गायन क्षेत्रमा सक्रिय नीशाले लगभग पाँच सय गीत गाइसकेकी छन् ।

लामो समय देखि निरन्तर नेपाली सुगम संगीतमा आफुलाई स्थापित बनाउन सफल भर्सलटाइल गायिका निरन्तर चर्चामा नै छिन ि सधै ब्यस्त रहने गायिका निशा देशारलाइ आजकल गजल क्वीन पनि भनेर पनि चिनिन्छ, उनको व्यस्तता आजकाल अचम्मको नै छ, एकै दिनमा ३–४ वटा कार्यक्रममा समेत उनि पुग्ने गर्छिन ।

सरल स्वभावकी सधै हासेर बोल्ने मिठो आवाजको धनि गायिका निशाले धेरै राष्ट्रिय अवार्ड र सम्मान समेत पाइसकेकी छिन । तिन पटक इमेज अवार्ड, एक पटक बिन्द्याबासिनी म्युजिक अवार्ड, एक कालिका एफ एम अवार्ड देखि लिएर दर्जनौ अन्य अवार्ड र सम्मान उनको हातमा परि सकेको छ । उनको नेपाली भाषा, नेपाली आधुनिक गित, गजल, भजन, लोकगीत, तथा नेपाली फिल्मी गितहरु सबै क्षेत्रमा उनको मिठो आवाज सुन्न सकिन्छ यस अर्थ पनि उनलाई एक बहु प्रतिभाशाली, भर्सलटाइल गायिका भन्न सकिन्छ ।

साच्चै उनीमा हर प्रकारको गित गाउन सक्ने क्षमता छ त्यसैले त उनि भन्छिन गित संगीत मेरो प्राण हो, संगीत मेरो रगतमा छ र मेरो हरेक धड्कनमा छ ।