काठमाडौं, १४ वैशाख । भारत-पाकिस्तान विदेश सचिवस्तरीय बैठकमा कश्मीर मुद्दा उठेपछि भारत अप्ठेरोमा परेको छ ।
दिल्लीमा भएको बैठकमा भारतले आतंकवादको कुरा उठाउनेवित्तिकै पाकिस्तानले कश्मीर मुद्दा उठाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बैठकमा पाकिस्तानका विदेशसचिव एजाज अहमद चौधरी, भारतीय विदेशसचिव एस जयशंकर र भारतका लागि पाकिस्तानी उच्च आयुक्त अब्दुल बासित सहभागी थिए ।
पाकिस्तानी विदेशसचिव चौधरीले बैठकमा कश्मीरको मुद्दा जोडदारका साथ उठाएका थिए । उनले दुई देशको यो मुद्दाको समाधान संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको प्रस्ताव र कश्मीरी जनताको इच्छाको आधारमा हुनुपर्ने एजेण्डा प्रस्तुत गरेका थिए ।
पञ्जाबको पठानकोट एयरबसमा भएको आतंकवादी हमलापछि दुई देशबीच सम्बन्ध विग्रिरहँदा मंगलबार पहिलोपटक दुई देशका विदेशसचिवबीच दिल्लीमा वार्ता भएको हो ।
पहिलो बैठकमै वर्षाैदेखिको जटिल मुद्दा उठेपछि भारत अप्ठेरोमा परेको टिप्पणी गरिएको छ ।

















प्रतिक्रिया