३१ आश्विन २०८३, शनिबार

यसरी बलात्कारको शिकार भएकी थिइन् अनुष्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

anoushka_shankarमुम्बई । पंडित रवि शंकरकी छोरी एवम् सितार वादक अनुष्का शंकरले आफू सानोछँदा बलात्कार भएको खुलासा गरेकी छिन् ।

अनुष्का शंकरलाई आफन्तले घरमै बलात्कार गरेको बताएकी छिन् । ‘म सानोछँदा घरभित्रै आफन्तबाट बलात्कार भएकी थिएँ’, महिलाहरूका लागि आयोजित सार्वजनिक कार्यक्रममा अनुष्काले भनिन्, ‘मेरो परिवारभित्रको मान्छेले बलात्कार गरेका हुनाले मैले धेरै समयसम्म यस विषयमा केही बताइन ।’

अनुष्काले विशेष गरेर बालिकाहरूलाई सानोछँदा बलात्कार र यौनउत्पीडनको व्यवहार सहनुपर्ने बाध्यता रहेको बताएकी छिन् । एजेन्सी