काठमाडौं । दुई दशकदेखि चलचित्रको नृत्य बिधामा क्रियाशील दिनेश पाख्रिनको निर्देशनमा चलचित्र ‘टिनेज’ बन्ने भएको छ ।
चलचित्र विकाश बोर्डका अध्यक्ष राजकुमार राई प्रमुख आतिथ्यमा बरिष्ठ चलचित्रकर्मी बसुन्धरा भुसालले क्ल्याप पड्काएर फिल्मको शुभमूहर्त पनि भइसकेको छ ।
राष्ट्रिय आवास कम्पनीका महाप्रबन्धक डिबी गुरुङले मूर्हत सटको निर्देशन गरेका थिए । नरेशबीर सिंह, अञ्जली खड्गी, सरोज कुमार शाह, प्रतिक्षा खड्कालगायतले मुर्हत सट दिए ।
चलचित्र बिकाश बोर्डका अध्यक्ष राजकुमार राइले चलचित्र क्षेत्रको हकहितका खातिर आफूले दिनरात काम गरिरहेको जानकारी गराए ।
आफ्नो धेरै मिहनतले सेलिब्रेटी कार्डको रुपमा एक प्रक्रिया सुरु भएको बताउँदै उनले घुमाउरो भाषमा कार्डको बिरोधभन्दा पनि सुधार्ने पक्षका बारेमा सुझाव दिन आग्रह गरे ।
बरिष्ठ कलाकार बसुन्धरा भुसाल, समाज सेवी डिबी गुरुङलगायतले चलचित्र राम्रो बनाउन सुझाए ।
स्व.बसन्तजंग रायमाझीको कथा, दिनेश पाख्रीनको पटकथा÷निर्देशन रहने चलचित्र चिनिमाया वाइवा (पाख्रिन), देविका खड्का, कृष्ण कुरुवाङको लगानीमा निर्माण हुन लागेको हो ।
चलचित्रमा नरेशबीर सिंह, अञ्जली खड्गी, सरोज कुमार शाह, प्रतिक्षा खड्का, रविन्द्र खड्का, अर्जुन श्रेष्ठ, सरिता राजोपाध्याय, अजय खड्का, उदय सुब्बा, निर्मल लामालगायतको अभिनय रहनेछ ।
सानुकाजी श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रमा महेश गोदार, दीक्षा पाख्रिन, सोम लामा, लिगेस भट्टराईको नृत्य, राजु किरातीको द्वन्द्व रहनेछ ।















प्रतिक्रिया