२५ कार्तिक २०८३, बुधबार

इच्छा अनुसारको सेवा छान्नु भगौडा हुनु होइन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunil j– सुनिल सापकोटा

पूर्वी पहाडी जिल्ला भोजपुरमा जन्मिएका कायममुकायम सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई कुनै बेलाका चर्चित भलिबल खेलाडी थिए । भलिबल खेलको लागि भनेर नै उनको माग सर्बत्र हुने गर्थ्यो । उनको उचाई र शरीर हेर्दा पनि भलिबल खेलाडीको लागि सबैभन्दा उपयुक्त पात्र देखिन्छन् ।

राईको टावर पर्सनालिटी , इमानदार र लगनशील कार्यशैली , संगठनप्रतिको जवाफदेहिता , खेलप्रतिको लगाव र आफूलाई दिएको जिम्मेवारी कर्तव्यनिष्ठ भएर पूरा गर्ने उनको विशेषताका कारण प्रहरी सेवामा निरीक्षकको रुपमा प्रवेश गर्न सफल भएका हुन् ।

राई इमानदार र जिम्मेवार छविका व्यक्ति मानिन्छन् । संगठन प्रतिको समर्पण र व्यवस्थापन , सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त र शान्ति सुरक्षाको प्रतिवद्धतालाई व्यवहारमा उतार्नका लागि सदैब लागिपरेका छन् । उनी प्रहरी सेवामा प्रवेश गरेको २९ वर्ष पुगेको छ । तीस वर्षे सेवा अवधिका कारण राई अब करिब ११ महिना सशस्त्र प्रहरी बलको प्रमुखको भूमिकामा रहनेछन् ।

राईले लगभग चार महिना कायममुकायम महानिरीक्षकको भूमिकामा राज्यले दिएको जिम्मेवारी संगठनप्रति प्रतिवद्ध भएर सफलतापूर्वक सम्पन्न गरिसकेका छन् । उनि आईजीपीको एक्लो दावेदार समेत हुन् ।

भोजपुर जस्तो विकट ठाउँमा जन्मिएर यस्तो महत्त्वपूर्ण र संवेदनशील निकायको नेतृत्व गर्नु सामान्य कुरा होइन । गाउँमा आलु र च्याख्ला खाएर हुर्केको ठिटो नेपाली जनताको जिउ ज्यान र धनको सुरक्षा गर्ने कसम खाएर निर्माण भएको संगठनको जिम्मेवार व्यक्ति हुनु आफैमा खुसीको कुरा हो ।

राईको नेतृत्वमा रहेको सशस्त्र प्रहरी बल मुलुककै सबैभन्दा कान्छो सुरक्षा संगठन पनि हो । मुलुकमा माओवादी जनयुद्धको सुरुवातसँगै नेपाल प्रहरीलाई परिचालन गरिएको थियो । नेपाल प्रहरीसँग प्रयाप्त मात्रामा स्रोत साधन र जनयुद्धको सामना गर्न सक्ने दक्ष जनशक्तिको अभाव भएपछि नयाँ स्वरुपको सुरक्षा संगठनको आवश्यकता महसुस गरियो । आतंकवाद र आन्तरिक विवाद अन्त्य गर्ने उदेश्यका साथ सशस्त्र प्रहरी बलको स्थापना गरिएको हो ।

सशस्त्र प्रहरी ऐन २०५८ अनुसार सशस्त्र प्रहरी बललाई मुलुकको आन्तरिक सशस्त्र विद्रोह , संघर्ष , पृथकतावादी गतिविधि , सीमा सुरक्षा , महत्त्वपूर्ण प्रतिष्ठानको सुरक्षा , धार्मिक वा साम्प्रदायिक दङ्गा र दैवी प्रकोप र सरकारले तोकेका अन्य काममा खटाउन सकिने व्यवस्था गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाली सेना र नेपाल प्रहरीको सहयोगी संस्थाको रुपमा समेत परिचित रहेको छ । यसलाई अर्धसैनिक प्रकृतिको फौज समेत भनिन्छ । जसले सेनाको केहि काम र प्रहरीको केहि कामको जिम्मेवारी पाएको हुन्छ । प्रहरीले नसकेको र सेनाको आवश्यकता नखड्कियोस भनेर नै यो संगठनको निर्माण गरिएको हो । सशस्त्र प्रहरी बलसँग फरक किसिमको र विशेष जिम्मेवारी रहेको छ ।

वास्तवमानै भन्नुपर्दा सशस्त्र प्रहरी बल भनेको नेपाल प्रहरी र नेपाली सेनाको समायोजन हो । सशस्त्र प्रहरी बलको गठन हुँदा नेपाली सेनाका बहालवाला सैनिक र नेपाल प्रहरीका बहालवाला प्रहरीलाई सशस्त्र प्रहरीमा स्थानान्तरण गरी पदस्थापन गरिएको थियो ।

सेना र प्रहरीका बहालवालाहरु मध्ये जसले यो सेवामा स्थानान्तरण हुन् इच्छा देखाए उनीहरुलाई मात्र पदस्थापन गरिएको हो । जसले यो संगठनमा जाने इच्छा देखाएनन् उनीहरुले सोही संगठनमा निरन्तर सेवारत छन् । किनकि मानिसको सबैभन्दा ठूलो नैसर्गिक अधिकार भनेको इच्छा अनुसारको सेवा गर्न पाउनु हो ।

सशस्त्र प्रहरी बलको प्रमुखमा अहिलेसम्म नेपाली सेना र नेपाल प्रहरीबाट नै स्थानान्तरण भएर पदस्थापन भएका व्यक्तिहरु नै रहेका छन् । सशस्त्र प्रहरी सेवाको गठन भएर आन्तरिक रुपमा खुल्ला प्रतिष्पर्धाबाट भर्ना भएका सशस्त्र प्रहरी अधिकृतहरु अहिलेसम्म सशस्त्र प्रहरी नायव उपरीक्षकको भूमिकामा मात्र रहेका छन् । यिनीहरु सङ्गठन प्रमुखको भूमिकामा आउन निकैलामो समय लाग्ने देखिन्छ ।

राईपछि संगठन प्रमुखको भूमिकामा निर्वाह गर्नका लागि लाईनमा रहेका सिंहबहादुर श्रेष्ठ , प्रकाश ओझा , पुष्पराम केसी , शैलेन्द्र खनाल, नारायणबाबु थापा , जानकीराज भट्टराई , सुबोधराज अधिकारी ,सुरज कुमार श्रेष्ठ , राजेश श्रेष्ठ , बाबुराम पाण्डे ,वंशीराज दाहाल , नारायणदत्त पौडेल ,गणेश ठाडा मगर, कमल गिरी लगायतका सशस्त्र प्रहरी अधिकृतहरु नेपाल प्रहरी र नेपाली सेनाबाट नै स्थानान्तरण भएर सशस्त्र प्रहरीमा पदस्थापन भएका हुन् ।

सशस्त्र प्रहरीकै उत्पादनबाट प्रमुख बन्नका लागि अन्जनी पोख्रेल , सुरेश कुमार श्रेष्ठहरुलाई पर्खनुपर्ने हुन्छ । त्यसैले सशस्त्र प्रहरीलाई नेपाली सेना र नेपाल प्रहरीको एउटा हिस्साको रुपमा समेत हेर्ने गरिन्छ । सशस्त्र प्रहरी नेपाली सेना र नेपाल प्रहरीको सहयोगी संगठन हो । विपद् व्यवस्थापन , राजमार्ग सुरक्षा देखि जनताको जिउ धनको सुरक्षाको जिम्मेवारी समेत सशस्त्र प्रहरीले लिएको हुन्छ ।

सशस्त्र प्रहरी बल जनताको रगत र पसिनाको उपज भएको भन्दै सशस्त्र प्रहरी बलका प्रमुख राईले जनता र राष्ट्रको हितमा कसैसँग सम्झौता नगर्ने बताउँदै आएका छन् । उनि प्रमुख भए सँगै सुरक्षा निकायहरु बीचको सम्बन्ध सुधारिएर मजबुत भएको छ । बलका प्रमुख राई कुनै बेला नेपाली सेनाको सिपाहीमा कार्यरत रहेकाले सिपाही पनि संगठनको प्रमुख बन्न सक्छ भन्ने दृष्टान्त पेश भएको छ । यसले संगठनमा सिपाहीको मनोबल उच्च बन्न सफल भएको छ ।

सिपाही भनेको संगठनको हतियार र गहना हो । यसलाई समय र परिस्थित अनुसार प्रयोग र आवश्यकता अनुसार सजाउन सकियो भने यसले मुलुकलाई हित र जनतालाई सुरक्षा दिन्छ अनि संगठनलाई सोभा प्रदान गर्छ ।

इमान्दार मानिस नै इश्वरको सर्बोकृष्ट कृति हो । लगनशील र इमान्दार मानिसले नै मुलुकको हित र स्वार्थ अनि सङ्गठन प्रति निस्वार्थ भएर सेवा गर्दछ भने बेइमानी र लाचार मानिसहरुको आखाँको तारो बन्दछ । खुट्टा तान्ने मानिसहरुको ताँतीनै लाग्न थाल्दछ । जसले मुलुक र जनताको लागि निस्वार्थ सेवा गर्दछ । समाजको हितको पक्षमा रहेको मानिसलाई समाप्त पार्न ठूलै शक्ति र षड्यन्त्रको कोपभाजनमा पर्ने गर्दछ । सिमित स्वार्थीहरुको लागि निशाना बन्दछ ।
Durja-kumar-raiसंविधानको भाग ३ मौलिक हक अन्तर्गतको धारा १६ र १७ मा सम्मानपूर्वक बाच्न पाउने अधिकार र वैयक्तिक स्वतन्त्रताको अधिकारको ग्यारेन्टी गरिएको छ । हरेक मानिसले समाजमा सम्मानपूर्वक जीवन जिउन पाउनुपर्छ भन्ने विश्वव्यापी मानवअधिकारको सिद्धान्त हो । मानिसलाई व्यक्तित्व विकासको स्वतन्त्रता रहेको हुन्छ ।

मानिसले आफूले चाहेको पेशा , सेवा र व्यवसाय गर्न पाउने अधिकार हुन्छ । हरेक मानिसलाई सरकारी , सार्वजनिक र अन्य कुनै सेवा वा पेशा परिवर्तन गर्न पाउने स्वतन्त्र अधिकार हुन्छ । आफ़ूले इच्छाएको सेवामा जान पाउने अधिकार हुन्छ । यसलाई भन्छ वैयक्तिक स्वतन्त्राको हक अथवा व्यक्तित्व विकासको अधिकार ।

मानिस एउटा पेशा अथवा सेवामा लागेको छ भन्दैमा उसले जीवन भरि सोहि पेशा अँगालेर बस्नुपर्छ भन्ने दुनियाँमा कुनै शास्त्रमा लेखिएको हुँदैन । नत कुनै प्रथा र कानूनी व्यवस्था छ । नेपाली सेना , नेपाल प्रहरी अथवा सशस्त्र प्रहरीको कुनै कर्मचारीले अन्य सरकारी सेवामा प्रवेश गर्न पाउदैन भन्ने व्यवस्था कुनै संविधान र कानूनमा उल्लेख गरिएको छ र रु उसले प्रहरीको सिपाही छाडेर नेपाल सरकारको शाखा अधिकृतमा प्रवेश गर्यो भने के उ भगौडा हुन्छ रु

सशस्त्र प्रहरी बलकै कुरा गर्दा पनि यहाँ रहेका अधिकांश मानिस नेपाली सेना र नेपाल प्रहरीबाट स्थानान्तरण भएर पदस्थापन भएका छन् के यी सबै भगौडा भए र रु यसलाई भगौडाको संज्ञा दिने हो भने सशस्त्र प्रहरी बल भनेको भगौडाहरुको संगठन हो भन्नुपर्ने स्थिति आउंछ । के सशस्त्र प्रहरी बल भगौडाहरुको संगठन हो रु हामीले एक अर्काको खुट्टा तान्न खोज्दा र हिलो छ्याप्न खोज्दा सबै उदांगिन सक्छौं ।

पूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कुरा गर्दा उनि कुनै बेला स्कुलको शिक्षक थिए । उनि मुलुकको प्रधानमन्त्री समेत भए । पार्टीको अध्यक्ष समेत रहेका छन् । पूर्व प्रधानमन्त्री झलनाथ खनाल र उपप्रधानमन्त्री चित्रबहादुर केसी पनि शिक्षक नै हुन् । के उनि भगौडा शिक्षक हुन् रु

त्यस्तै हो भने मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी भगौडा न्यायाधीश , बाबुराम भट्टराई भगौडा इन्जीनियर , पूर्व राष्ट्रपति रामवरण यादव भगौडा डाक्टर , उपराष्ट्रपति नन्द बहादुर पुन जनमुक्ति सेनाका भगौडा कमान्डर हुनेछन् । त्यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी सेवामा प्रवेश गरेकाहरु सबैको पृष्ठभूमि शिक्षण पेशाबाट आएको छ ।

सबैलाई भगौडा शिक्षक र भगौडा इन्जीनियर , त्यस्तै कतिपय अन्य सार्वजनिक निकाय नेपाल राष्ट्र बैंक लगायतको कर्मचारीको भूमिका समेत निर्वाह गरेका छन् । यिनीहरुलाई राष्ट्र बैंकको भगौडा भन्न मिल्छ रु त्यसैले अनावश्यक आक्षेप लगाएर र कुनै व्यक्तिको चरित्र हत्या गर्ने कोसिस् गर्नु सार्वजनिक अपराध हो । मौलिक हकको हनन् गर्नु हो । आकाशतर्फ फर्केर थुक्न खोज्यो भने आफ्नो अनुहारमा समेत पर्छ भन्ने कुराको हेक्का राखौं ।

भगौडाको आरोप लागेका नेपाल प्रहरीका डीआईजी नवराज सिलवाल पनि उपेन्द्रकान्त आर्याल पछि प्रहरी प्रमुख हुने निश्चित प्राय छ । काबु बाहिरको परिस्थित नआए हरेक हिसाबले सिलवाल नै प्रहरी प्रमुखको प्रमुख दावेदार हुन् । तर उसको चरित्र हत्या गरेर आफू अगाडी बढ्नका लागि केहि शक्ति लागिपरेको छ ।

यसले संगठनमा विचलन आउने खतरा हुन्छ । इमान्दार मानिसको पछाडि प्रभुको साथ रहन्छ । कसैले कोसिस् गर्दैमा उनको योजना सफल हुँदैन । मुलुक र जनताप्रति इमानदार र वफादार बनौं । फल आफै प्राप्त हुन्छ ।