२५ कार्तिक २०८३, बुधबार

कैलालीमा गैंडाका आधा दर्जन खाग तस्कर पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

– दीपक ओली

धनगढी, १३ वैशाख । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ६, टनकपुरगाउ“बाट प्रहरीले गैडाको खागसहित छ जनालाई पक्राउ गरेको छ ।

चोरीसिकार गरेर मारेको गैंडाको खाग बेचबिखन हु“दैछ भन्ने सूचनाका आधारमा प्रहरी टोलीले शुक्रबार दिउ“सो करिब ४ बजेतिर खागसहित उनीहरूलाई पक्राउ गरेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय, कैलालीमा आइतबार गरिएको पत्रकार सम्मेलनमा १९ इन्च लामो र १३ इन्च गोलाईको गैडाको खागसहित छ जनालाई सार्वजनिक गरियो । पक्राउ पर्नेमा कैलालीको कोटातुल्सीपुर–१ का कृष्ण चौधरी र नैनबहादुर चौधरी, बौनिया–८ का रामबहादुर चौधरी, प्रतापपुर–४ का डम्बरबहादुर चौधरी तथा कालिकोट, रासकोट–३ का धनराज बुढा र कालिका–९ का रविन्द्र शाही रहेका छन् ।

कैलालीका प्रहरी प्रमुख एसपी राजेन्द्र बिष्टले गैंडाको खाग बेचबिखन गर्न लागेको गोप्य सूचनाका आधारमा खटिएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी अनुसन्धान समुह र जिल्ला प्रहरीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको बताए ।

से ४ प २६११ नम्बरको मोटरसाइकलमा गइरहेको वेला कृष्ण चौधरीलाई चेकजा“च गर्दा खाग बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका कृष्णले सो खाग एक जना भारतीयले भजनीका जयराम चौधरीमार्फत बेचबिखन गर्न दिएको बयान दिएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकाहरूले योजनावद्ध ढंगले खाग कारोबारमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबै जनालाई आवश्यक कानूनी कारबाहीका लागि आइतबार जिल्ला बन कार्यालयमा पठाइएको प्रहरी उपरीक्षक बिष्टले बताए ।