३१ आश्विन २०८३, शनिबार

ओस्कारका नेपाली नायक अस्ताए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Thinle Londupडोल्पा, १२ वैशाख । डोल्पा जिल्ला निवासी ओस्कारमा मनोनीत चर्चित फिल्म ‘क्याराभान’का नायक लेण्डुप थिन्लेको आइतबार निधन भएको छ ।

पेटको क्यान्सरबाट पीडित थिन्लेको डोल्पाकै खेत्कामा निधन भएको हो । दुनैबाट चवाङतर्फ जाँदै गरेका उनको खेत्कामा पुगेपछि निधन भएको आफन्तले जनाएका छन् ।

उनी निधन भएको स्थान डोल्पा सदरमुकाम दुनैबाट करिब ५ घण्टाको पैदल दुरीमा रहेको छ ।

फ्रान्सेली निर्देशक एरिक भ्यालीले निर्माण गरेको थिन्ले अभिनित फिल्म क्याराभान विश्वचर्चित बन्दै बहुप्रतिष्ठित ओस्कार अवार्डका लागि पनि मनोनीत भएको थियो ।