२५ कार्तिक २०८३, बुधबार

कनकमणि दीक्षितलाई १० दिन हिरासतमा राख्न अख्तियारलाई अनुमति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kanak-Mani-Dixit-Arrest

काठमाडौं, १२ वैशाख । पत्रकार तथा साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितलाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ ।

अकुत सम्पत्ति आर्जन गरेको आरोपमा दीक्षितलाई शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरबाटै नियन्त्रणमा लिएको थियो ।

उनको मुद्दामा आइतबार विशेष अदालत काठमाडौंमा भएको बहसपछि अनुसन्धानका लागि १० दिन हिरासतमा राख्ने अनुमति अख्तियारले पाएको हो ।

विशेष अदालतका रजिष्टार भद्रकाली पोखरेलका अनुसार अख्तियार र दीक्षित पक्षका अधिवक्ताबीचको बसहपछि दीक्षितलाई १० दिन थुनामा राखेर अख्तियारलाई अनुसन्धान गर्न दिने निष्कर्षमा अदालत पुगेको हो ।

उच्च रक्तचापका कारण वीर अस्पतालको आईसियुमा उपचाररत दीक्षित भने विशेष अदालतमा उपस्थित भएनन् । अख्तियारले उनलाई ३० चुनामा राख्ने अनुमति मागेको थियो ।