काठमाडौँ, १२ वैशाख । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले आइतबार इन्गेजमेन्ट गरेका छन् ।
बैशाख १५ गते विवाह गर्न लागेका कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका युवा नेता पौडेलले २९ वर्षीया एन्जिला न्यौपानेसँग हिन्दु परम्पराअनुसार इन्गेजमेन्ट गरेका हुन् ।
को हुन हुनेवाली श्रीमती ?
नेता पौडेलको परिवार स्रोतका अनुसार उनले कांग्रेसनिकट नेपाल विद्यार्थी संघकी केन्द्रीय सदस्य एन्जिला न्यौपानेसँग विहे गर्न लागेका हुन् । पद्मकन्या क्याम्पसको स्ववियु सचिव समेत रहेकी न्यौपाने रामेछाप घर भएकी नेतृ हुन् । पौडेलको घर भने तनहुँ हो ।
लामो प्रेम सम्बन्धपछि दुबै जना वैशाख १५ गते एक हुन लागेका हुन् ।
















प्रतिक्रिया