३१ आश्विन २०८३, शनिबार

पाँच कक्षा फेल खुश्बु आजकाल के गर्दैैछिन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

12088459_861242723989698_6701675408195188539_nकाठमाडौं । नायिका खुश्बु खड्काले रिलिज हुँदै गरेको ‘उहिले बाजेको पालामा’ फिल्मबाट आफूले धेरै अपेक्षा गरेको बताएकी छिन् । फिल्मको प्रमोशनमा लागेकी खुश्वुको दिनचार्य आजकाल अलि व्यस्त छ ।

फिल्मको नामबाट आफू ज्यादै प्रभावित भएको बताउने खुश्बुले भनिन्, ‘फिल्म राम्रो बनेको छु । धेरै आशा राखेकी छु । रिलिजको दिन कुरेर बसेकी छु ।’ फिल्मको कथावस्तुका विषयमा उनले भनिन्, ‘नेपाली मौलिकता, परम्परा र धार्मिक तथा भेषभूषालाई संरक्षण गर्ने गरेर बनाइएको यो फिल्मले हाम्रो पुरानो संस्कृति बुझ्न युवापुस्तालाई सहयोग गर्छ ।’

फिल्ममा आफ्नो भूमिकाका विषयमा प्रष्ट्याउँदै खुश्बुले भनिन्, ‘चञ्चले छोरीको भूमिकामा अभिनय गरेकी छु । मेरो जोडी गणेश बेलवासे हुनुहुन्छ । पढाइमा कमजोर । पाँच कक्षामा फेल भएको विषय कथावस्तुमा छ ।’

दिलीप रायमाझी, कमल गाउँले, नवीन श्रेष्ठ, पूजा रिजाल, सपना रोका, कविता थापालगायतको अभिनय रहेको ‘उहिले बाजेको पालामा’लाई बसन्त जीएमले निर्देशन गरेका हुन् । फिल्मको संगीत बिपिन आचार्य, द्वन्द्व भरत क्षत्री, कथा गणेश बेलवासेको रहेको छ ।

फिल्मको गीत कोमल ओली, माण्डवी त्रिपाठी आचार्य, गोविन्द मधुर आचार्य र विपिन सागरले स्वर दिएका छन् । (खुश्बुका पुराना केही तस्बिरहरू)

 

Khusbu Khadka

10987669_733114550135850_6765328171171739228_n

12790920_930343143746322_1075843048833436629_n

11403173_809690259144945_582850968467084130_n

12108302_861242633989707_8335093180532817031_n
12311031_882232528557384_6152133884637837383_n 12341081_885856164861687_5778844106734581342_n 12342364_885856381528332_4493217846587447526_n 12360018_884922181621752_8276552915451647701_n 12487030_894831817297455_90978934357690121_o
12957593_950575011723135_1496651341167337350_o 15012016015646Khusbu_01-600x0 Khusbu ji

12190042_864898980290739_3017478545615737806_n

1509710_678990685548237_6149088116354003571_n