३१ आश्विन २०८३, शनिबार

दर्शकले यसकारण मनपराउन सक्छन् ‘रोल्पा रोग’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rolpa Rog Nepali Moviकाठमाडौं । सानो बजेटलाई व्यवस्थापन गरेर राप्ती अञ्चलका विभिन्न जिल्लामा छायाँकन गरिएको फिल्म ‘रोल्पा रोग’ राजधानीसहित मुलुकभरिका हलहरूमा रिलिज हुँदैछ ।

रिलिज डेट नजिकिँदै गर्दा सो फिल्मका निर्देशक र कलाकारहरूले प्रचार प्रसारलाई पनि निरन्तरता दिएका छन् । धेरै हाइफाइ नगरेको ‘रोल्पा रोग’को टिमले फिल्म राम्रो कथावस्तुमा निर्माण भएकाले दर्शकले आफै माया गर्ने बताउँछ ।

माओवादीको सशस्त्रद्वन्द्वका कारण पीडित भएका युवाहरूको कथामा निर्माण भएको यो फिल्ममा २५ वर्षमुनिका कलाकारहरूले अभिनय गरेका छन् । ‘रोल्पा रोग’को सबै टिम नयाँ हो । आत्मविश्वास बलियो बनाएर मैदानमा आएको ‘रोल्पा रोग’ले यसैलाई सिक्वेल बनाउने सोँच पनि बनाएको छ ।

फिल्मका निर्देशक दीपक ओलीले भने, ‘फिल्म चल्छ । यो फिल्म मौलिक प्रकृतिको छ । माओवादी द्वन्द्वले कसरी पीडा दिएको थियो त्यसलाई साधारण कथावस्तुमा ढालिएको छ । फिल्म एक पटक हेर्नै पर्ने बनाएका छौँ छु ।’

राजधानीका मल्टिप्लेक्स र उपत्यका बाहिरका तीन दर्जन बढी फिल्महरूमा चल्ने तयारीमा रहेको ‘रोल्पा रोग’लाई मुख्य स्टेशनहरू पोखरा, नारायणगढ, बुटवल, दाङलगायतका स्थानमा प्रचार प्रसारमा अलि धेरै ध्यान दिइएको ओलीले बताए । ‘अहिलेसम्मको तयारी अनुसार ठीकै रुपमा प्रचार प्रसार गरिएको छ’, निर्देशक ओलीले भने, ‘प्रोमोहरू बज्न थालेका छन् । सामाजिक सञ्जालहरूमा पनि प्रचार प्रसार बढाएको छु ।’

‘रोल्पा रोग’ यही वैशाख २४ गते अल नेपाल रिलिज हुँदैछ । सोही दिन ‘उहिले बाजेको पालामा’ पनि रिलिज हुँदैछ । वैशाख २४ गते ‘रोल्पा रोग’ र ‘उहिले बाजेको पालामा’बीच राजधानीमा भिडन्त हुनेछ । ‘उहिले बाजेको पालामा’लाई कलाकार गणेश बेलबासेले निर्माण गरेका हुन् ।