– भोबिन्द्र शाह
बाजुरा, ११ वैशाख । उपप्रधान एवं रक्षामन्त्री भीम रावलले नेकपा एमाले अखण्ड सुदूरपश्चिमको पक्षधर रहेको बताएका छन् ।
नेकपा एमाले बडिमालिका नगरपालिका बाजुराको प्रथम नगर अधिबेशन उद्घाटनका अधिबेशनलाई सम्बोद्धन गर्दै एमालेका केन्द्रीय उपाध्यक्ष समेत रहेका रावलले अखण्ड सुदूरपश्चिमको पक्षमा तराईका दुई जिल्ला र पहाडका सात जिल्लाका जनताको साथ रहेकाले आफू अखण्ड सुदूरपश्चिम मात्र नभई अखण्ड नेपाल हुनुपर्नेमा लागिरहेको बताए ।
नेपालको संबिधान बिश्वकै उत्कृष्ट रहेको र ९० प्रतिशत संबिधान सभाका सदस्यहरुले हस्ताक्षर गरेको भन्दै रावलले संबिधानका केहि बिरोधी मधेसी दलहरुले रक्सौलको मितेरी पुलमा बसेर नाम सद्भावना काम बदनाम गरेका आरोप लगाए ।
मधेसी दलका नेता तथा कार्यकर्ताहरुलाई संबिधानमा चित नबुझेका कुराहरु वार्तामा आई समस्या समाधान गर्नका लागी अहिलेको सरकार लागिरहेको बताउँदै उनले आफ्नो पाटीले स्थानीय चुनाव बैशाख अथवा जेठमै गर्ने भनेको भएपनि केही राजनीतिक दलसंग सहमति हुन नसकेकाले ढिलाइ भएको बताए ।
नेपालको संबिधानमा मधेसका १३० जना सभासद मध्ये ९१ जनाले हस्ताक्षर गरेको, ३६ जना दलित सभासद मध्ये एक जनाले मात्र हस्ताक्षर नगरेको र ११ जना मुस्लिम मध्ये ९ जना सभासदहरुले हस्ताक्षर गरेकाले केहि संबिधान बिरोधीहरुले संबिधान मधेसी, दलित, आदिबासी र महिलाको पक्षमा नभएको भन्नु हास्यास्पद भएको मन्त्री रावलको भनाई छ ।
प्रतिपक्षमा रहेको नेपाली काँग्रेसलाई संबिधान मिलेर बनाएको र संबिधान कार्यान्वयन गर्नका लागी सरकारमा आउन समेत उनले आग्रह गरे ।














प्रतिक्रिया