२५ कार्तिक २०८३, बुधबार

पुतलीसडकमा एकाबिहानै गम्भीर दुर्घटना (तस्बिरसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Putalisadak-Ma-Accidentकाठमाडौं, ११ वैशाख । काठमाडौंको पुतलीसडकस्थित डिल्लीबजार–बागबजारको चौकमा आज बिहान गम्भीर दुर्घटना भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

बा १० च ५४९१ नम्बरको सीता एयरको भ्यानलाई बिहान करीव पौने छ बजे सीटी यातायातको निलो बसले ठाक्कर दिएको प्रहरीले जनाएको छ । घटनास्थलमा रहेका प्रहरीका अनुसार डिल्लीबजारतर्फबाट पुतलीसडक हुँदै रत्नपार्कतर्फ जाँदै गरेको सीटी यातायातको बसले सीता एयरको मारुती भ्यानलाई ठक्कर दिएको हो ।

दुर्घटनामा मारुती भ्यानका चालक दामोदर सिलवाल गम्भीर घाइते भएका छन् । सडकमा घाइतेको रगत उल्लेख्य झरेको छ । उनको प्रदर्शनीमार्गस्थित काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ ।

तीब्र गतिमा आएको सीटी यातायातको मारुती भ्यानको पछाडिबाट आइ बायाँतर्फबाट ठक्कर दिएको थियो । ठक्करबाट मारुती भ्यानको झ्यालका सिसा फुट्नुका साथै ठूलो क्षति पुगेको छ ।

ठक्करदिएर फरार भएको सीटी यातायातको सो बसको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Ktm-Putalisadk-Accident

Gaite

Accident-Putalisadak