काठमाडौं, १० वैशाख । चिनियाँ राष्ट्रपति सी जिनपिङ्ग संसारमै अहिलेसम्मकै सबैभन्दा शक्तिशाली राष्ट्रप्रमुख बनेका छन् ।
चिनियाँ सञ्चारमाध्यमका अनुसार देशमाथि पूरै आफ्नो नियन्त्रण जमाउँदै बिहीबार उनले आफूलाई चिनियाँ सेनाको कमान्डर इन चीफ पनि घोषित गरेका छन् । जसबाट उनी अहिलेसम्मै शक्तिशाली राष्ट्रप्रमुख बनेका हुन् ।
संसारमा अमेरिकाका राष्ट्रपतिलाई शक्तिशाली राष्ट्रप्रमुख मान्ने गरिन्छ । तर, अब भने त्यो रेकर्ड तोड्दै चिनियाँ राष्ट्रपति सबैभन्दा बढी अधिकार भएको राष्ट्रपति बनेका हुन् ।
साथै चीनका अहिलेसम्मका शक्तिशाली नेता पनि सी बनेका छन् । बुधवार र बिहीबार उनी पहिलो पटक सैन्य पोशाकमा जनतासामु उपस्थित भएर अभिवादन गरेका थिए ।




















प्रतिक्रिया