३१ आश्विन २०८३, शनिबार

दाङमा मिस एसएलसी र एसएलसी प्रिन्सको अडिसन हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

miss

– निशानदाजु भट्टराई

घोराही । दाङमा मिस एसएलसि र एसएलसी प्रिन्स २०१६ को अडिसन हुने भएको छ ।

सुप्रशिद्ध ट्यालेन्ट सो कार्यक्रम मीस टिनका आयोजक द फेसन प्लसको आयोजनामा मिस एसएलसि र एसएलसि प्रीन्सको जिल्लामा अडिसन हुन लागेको हो ।

यहि बैशाख १८ गते घोराहीमा हुन लागेको सो अडिसनमा भर्खरै एसएलसि परीक्षा दिएका १४ देखि १९ वर्ष समहुका वालवालिकाहरु सहभागि हुन पाउने दाङ जिल्ला संयोजक सिर्जना न्यौपानेले जानकारी दिनु भयो । फेसन प्लसले आफ्नो राष्ट्रब्यापि कार्यक्रम अन्र्तगत महिलाका लागि मिस एसएलसि नेपाल र पुरुषका लागि एसएलसि प्रीन्सको अडिसन गर्दैै आएको छ ।

नेपाल पत्रकार महासंघ दाङ शाखाको सभाहलमा विहान ११ बजे अडिसन कार्यक्रम हुने र अडिसनका सहभागि हुनका लागि सो उमेर समुहका सबैलाई संयोजक न्यौपानेले आग्रह गर्नु भएको छ ।

अडिसनवाट छनौट भएका वालवालिकाहरु प्रतिष्पर्धाका लागि काठमान्डौ जानेछन् । वालवालिकाको नेतृत्व क्षमताको विकास गर्ने उदेश्यले हुन लागेको अडिसनका लागि आवेदन खुला भएपछि सम्पर्कमा आउनेक्रम जारी रहेको र अधिकांशले फर्म लिएर गएको उहाले बताउनु भयो ।

आवेदन फर्म भर्नका लागि घोराहीस्थित सिर्जना फार्मेसि र मंगोलिएन फेन्सि स्टोरलाई सम्पर्क स्थान तोकिएको र बैशाख १५ गतेसम्म फर्म बुझाउनसमेत आयोजक संस्थाले अनुरोध गरेको छ ।

यसमा उपाधि जित्न सफल हुने विद्यार्थीले ३ लाखसम्म पुरुस्कार पाउनु हुनेछ भने काठमान्डौका प्रसिद्ध कलेजहरुमा निशुल्क विज्रकोर्ष, छात्रबृत्ति तथा प्रशिद्ध ब्यक्तिहरुवाट सिक्ने अवसर लगाएत थुप्रै सुविधाहरु प्राप्त गर्नेछन् ।