३१ आश्विन २०८३, शनिबार

विग्रेका नेता तह लगाउन राजनीतिमा आउने राजेश हमालको घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajesh-hamal1काठमाडौं । नेपाली सिने जगतका महानायक राजेश हमालले राजनीतिमा आउने घोषणा गरेका छन् ।

आजसम्म रिल (काल्पनिक) रुपमा जनताका दुःख देखेका र त्यो जीवनमा बाँचेका राजेश अब भने राजनीतिमार्फत वास्तविक जीवनमा दुःख र पीडा बुझ्ने तथा त्यसको समाधानको प्रयत्न गर्दैछन् ।

सांस्कृतिक कार्यक्रमका सिलसिलामा अमेरिका पुगेका राजेशले आफ्नो एक अन्तर्वार्ताका क्रममा राजनीतिमार्फत जनताको सेवक बन्ने आफ्नो योजना रहेको सुनाए । ‘मैले नेपाली जनताहरुका दुःख र समस्या प्रत्यक्ष बुझेको छु, आफै भोगेको पनि छु । अब यो अनुभव राजनीतिमार्फत जनताको सेवाका लागि प्रयोग गर्ने योजना छ’ उनले भने ।

नेपाली समुदायमा असमानता अझै कायमै रहेको बताउँदै उनले एउटा राम्रो व्यवस्था र राजनीति देशका लागि आवश्यक भइसकेको बताए ।

अन्तर्वार्तामा १० वर्ष जनयुद्ध र माओवादीका विषयमा पनि बोल्दै राजेशले अधिकारप्राप्तिका लागि भएको संघर्ष उचित भएको तर, त्यसअनुसार परिवर्तन हुन नसकेको उनको भनाई छ । विग्रिएका माओवादी नेतातर्फ संकेत गर्दै उनले भने- ‘परिवर्तनका लागि हजारौं जनताले बलिदानी दिए, तर, अहिलेको अवस्था हेर्दा परिवर्तन केही भएको छैन् ।’

जनताको चाहना अनुसार यदि परिवर्तन भएको भए सायद त्यो बलिदान सार्थक हुने थियो भन्दै राजेशले अपेक्षा अनुसारको परिणाम मुलुकले नपाएकोमा दुःख व्यक्त गरे । उनले भने- ‘नेपालमा अझै शुद्ध राजनीतिक आन्दोलन आवश्यक छ ।’