काठमाडौं, ९ वैशाख । निजी विद्यालयहरूले जथाभावी शुल्क तोक्नुका साथै मनपरी रुपमा भर्ना शुल्क लिएर अभिभावकहरूलाई सताइरहेका बेला सो विषयमा छलफल गर्न सत्तारुढ र विपक्षी दल आबद्ध विद्यार्थी संगठनहरूको बैठक बसिरहेको छ ।
नेपाल विद्यार्थी संघको मुख्यालय धोबीघाटमा जारी बैठकमा निजी विद्यालयको भर्ना शुल्क र मासिक शुल्कका विषयमा परामर्श भइरहेको नेविसंघका प्रवक्ता यूपी लामिछानेले जानकारी दिए । ‘नयाँ भर्ना अभियान सुरू भइसकेको छ’, उनले भने, ‘निजी विद्यालयहरूको मनपरिी रुपमा शुल्क उठाउने कार्यको विरोधमा केही निर्णय हुन सक्छ ।’
बैठकमा स्ववियु चुनाव कसरी गर्ने विषयमा पनि कुराकानी हुनेछ । स्ववियु निर्वाचन गर्न प्रमुख विद्यार्थी संगठनहरू तयार भए पनि केही विषयमा कुरा मिल्न नसक्दा चुनाव हुन सकेको छैन ।
बैठकमा कांग्रेस, एमाले, एमाओवादीलगायतका दलका निकटका विद्यार्थी संगठनका नेताहरूको सहभागिता रहेको छ ।












प्रतिक्रिया