काठमाडौं, ९ वैशाख । संघीय गठबन्धनसँग मिलेर आन्दोलन गर्न थालेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफ्नो आन्दोलनका विषयमा विदेशी सहमति जुटाउन कुटनीतिज्ञहरूसँग छलफल गर्दैछ ।
काठमाडौंको लाजिम्पाटस्थित एक होटेलमा मधेसी मोर्चा र संघीय गठबन्धनका नेताहरूले नेपालस्थित विभिन्न कुटनीतिक नियोगका प्रतिनिधिहरूसँग परामर्श गर्न लागेको सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले जानकारी दिए । ‘आन्दोलनका विषयमा विदेशी राष्ट्रहरूको धारणा के छ भनेर बुझ्न परामर्श गर्दैछौं’, उहाँले भन्नुभयो ।
छलफलमा मधेसी मोर्चाले नेपालको पछिल्लो अबस्था, आफूहरूका माग र आन्दोलनका विषयमा कुटनीतिक नियोगका प्रतिनिधिहरुलाई जानकारी गराउने सद्भावना पार्टीका महासचिव सुमनले उल्लेख गर्नुभयो ।
संघीय गठबन्धनले सार्वजनिक गरेको २६ बुँदे अबधारणा पत्रका विषयमा पनि विदेशी कुटनीतिक नियोगका प्रतिनिधिलाई जानकारी गराइनेछ ।
गत चैत १९ मा बसेको मधेसी मोर्चाको बैठकको निर्णयाअनुसार उसले आन्दोलन र मागका विषयमा विदेशी कुटनीतिक नियोगका प्रतिनिधिलाई जानकारी गराउने र समर्थन लिने प्रयास थालेको हो ।












प्रतिक्रिया