
सप्तरी, ९ वैशाख । सप्तरी जिल्लाको कञ्चनपुर– ११ मा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।
बुधबार राति साढे ९ बजे बा ५४ प ६१४३ नम्बरको मोटरसाईकलको ठक्करबाट साईकलमा सवार पोर्ताह– ८ का ३५ वर्षीय बिजल सदाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाईते भएका साईकल चालक पोर्ताहकै देवु सदा, मोटरसाईकल चालक झापा शनिश्चरेका सुजन लिम्बु र मोटरसाईकलमा पछाडि सवार सदा मियाँको धनेश्वर अस्पताल सप्तरीमै उपचार भईरहेको ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।












प्रतिक्रिया