३१ आश्विन २०८३, शनिबार

रामकृष्ण ढकाल र हिमाल सागरले स्विजरल्याण्ड तताउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramkrishna

स्विजरल्याण्ड । चर्चित गाएकद्वय राम कृष्ण ढकाल र हिमाल सागर जेनेभा आउने भएका छन् । नयाँ वर्ष २०७३ को अवसरमा गर्न लागेको सांगीतिक कार्यक्रमको लागि उनीहरु स्विजरल्याण्ड आउन लागेका हुन् ।

यहि आउने अप्रिल ३० शनिबारको दिन निता कपुरको संयोजनमा बम्बई प्यालेसमा नयाँ बर्ष कार्यक्रम राखिएको छ । ओराली लागेको हरिणको चाल भो , माया गर्नेको चोखो माया , चरीले त छाडेर गैगयो जस्ता चर्चित गित गाउँ सफल ढकाल ले स्विजरल्याण्डमा रहेका नेपालीहरु लाई भरपुर मनोरंजन गराउनको लागि भव्य सांगीतिक कार्यक्रमको आयोजना गर्न लागिएको संयोजक निता कपुरले बताईन ।

को हुन् त रामकृष्ण ढकाल ?
राम कृष्ण ढकाल नेपालको एक प्रसिद्ध युवा कलाकार तथा गायक हुन्। उनी धेरै जसो आधुनिक गीत गाउने गर्दछन । उनले आफ्नो गायन-यात्रा सानै हुँदा नारायण गोपाल (स्वर सम्राट) को प्रसिद्ध गीतहरू गाएर शुरु गरेका हुन् । उनको औपचारिक रूपमा २०४३ सालमा सांगीतिक करिअर सुरु भएको हो । उनले २०४५ सालमा पहिलोपटक ‘ढकाल सुमधुर साँझ’ एकल कार्यक्रममा हिन्दी र नेपालीका २२ वटा गीत गाएका थिए । उनले “ओराली लागेको हरिणको चाल भो” गीतदेखि लोकप्रियता पाउन थालेका हुन् ।

त्यस्तै न मैले लेखे न उनले लेखिन , ‘मेरो माया मारे पछि तिमी त धेरै दामि भईछ्यौ जस्ता गित बाट चर्चित बनेका हिमाल सागरले पनि यहाँ रहेका नेपाली हरुलाई तताउने भएका छन् ।