काठमाडौं, ८ बैशाख । माओवादी पार्टीहरुको बैठक आज अपरान्ह पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको छ ।
जनयुद्धका समयमा राज्य पक्षबाट भएको दमनका क्रममा बेपत्ता पारिएका बेपत्ता योद्धाहरु र हत्या गरिएका सहिदहरु र भएका क्षतिहरुको विवरण सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमार्फत हल गर्ने बैठकले निश्कर्ष निकालेको छ ।
त्यसैगरी सबै माओवादी पार्टी कानूनी डेक्स स्थापना गर्ने भन्ने पनि निर्णय भएको एमाओवादीका अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।
माओवादी पार्टीहरुले यहि बैशाख २० गतेदेखि २५ गते भित्र एक अन्तरक्रिया कार्यक्रम गर्ने पनि भएका छन् ।













प्रतिक्रिया