२५ कार्तिक २०८३, बुधबार

उपेन्द्रको मुख्यालय किन जाँदैनन् राजेन्द्र महतो ? बिबादले निर्णय भएन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, ८ वैशाख । संघीय गठबन्धनभित्रको आन्तरिक विवादका कारण आज बसेको बैठक पनि बिनाकुनै निष्कर्ष सक्किएको छ ।

संघीय समाजवादी फोरम नेपालको मुख्यालय तिनकुनेमा बसेको बैठकमा आन्दोलनका कार्यक्रममा स्वरुप पेश भए पनि सार्वजनिक नभएको हो ।

सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले भोलि वा पर्सीसम्म आन्तरिक गृहकार्य गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने बताउनुभयो । ‘आन्तरिक तयारी भइरहेको छ’, उहाँले भन्नुभयो, ‘भोलि बेलुका वा पर्सीसम्म आन्दोलन आउन सक्छ ।’

स्रोतका अनुसार बैठकमा अबको आन्दोलनलाई कसले कसरी नेतृत्व गर्ने भन्ने विषयमा बिबाद देखिएको छ । सोही बिबादका कारण सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो दुई वटा बैठकमा अनुपस्थित रहनुभएको छ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीप्रति असन्तुष्ट भएकै कारण महतो तिनकुनेको बैठकमा नगएका हुन् ।

सद्भावनासहितका केही दलहरूले संघीय गठबन्धनमा मधेसी मोर्चाको नाम नराखेर दल र तिनका नेताहरूको नाममात्रै राखेकोमा असन्तुष्टि जनाउँदै आएका छन् ।

बैठकपछि पत्रकारसँग कुरागर्दै मधेसी मोर्चाका नेता शरतसिंह भण्डारीले वर्तमान सरकारलाई ढाल्ने ताकत आफूहरूसँग नरहेको बताउनुभयो । उहाँले सरकारविरुद्ध आन्दोलन भए पनि सरकार ढाल्ने खेलमा आफूहरू नरहेको बताउनुभयो ।