काठमाडौं, ८ वैशाख । राष्ट्रपति विद्या भण्डारीले नेपाली सेनाका पूर्व रथी नेत्रबहादुर थापालाई आफ्नो सुरक्षा विज्ञमा नियुक्त गरेकी छन् ।
बुधबार राष्ट्रपति कार्यालय शीतल निवासका प्रवक्ता ध्रुवराज आचार्यद्धारा जारी विज्ञप्तिमा काठमाडौं निवासी थापालाई राष्ट्रपति भण्डारीले सुरक्षा विज्ञ नियुक्त गरेको उल्लेख छ ।
सुरक्षा विज्ञमा नियुक्त भएका थापाले राज्यमन्त्री सरह पारिश्रमिक र अन्य सुविधा पाउने छन् ।
सुरक्षा सम्बन्धी विषयमा ‘सुझाव र सल्लाह दिनका लागि’ थापालाई नियुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ ।












प्रतिक्रिया