३१ आश्विन २०८३, शनिबार

प्रत्यूषाको अर्काे रहस्य खुल्यो, आत्महत्याअघि गुपचुप गरेकी थिइन यस्तो हर्कत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

anandi_parthusa

एजेन्सी । आत्महत्या गरेकी टेलिश्रृंखला ‘बालिका बधु’की कलाकार प्रत्यूषा बनर्जीको अर्काे ठूलो रहस्य खुलेको छ ।

उनले अप्रिल १ शुक्रबारका दिन घरमै आत्महत्या गरेकी थिइन् । आत्महत्याको कारण उनका प्रेमी राहुल सिंह भएको बताइन्छ । यो कारणलाई भर्खरै खुलेको रहस्यले थप बल प्रदान गरेको छ ।

उनको मृत्यु हुँदा जेजे हस्पिटलको रिपोर्टमा डाक्टरले उनको पेटमा दुई महिनाको गर्भ रहेको बताएका थिए । तर, अहिले भएको खुलासामा आत्महत्या गरेको एक दिनअघि मात्रै उनले गर्भपतन गराएकी थिइन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार प्रेमी राहुलसँग सँगै बस्दै आएकी प्रत्यूषा निरन्तरको यौनसम्पर्कका कारण गर्भवती भएकी थिइन् । त्यसपछि उनले अप्रेशन गराएर गर्भपतन गरिन् । जून कुरालाई उनको पाठेघरमा देखिएको इन्जरी (जो मिसकैरिज वा गर्भपनत गर्दा मात्रै देखिन्छ)ले पुष्टि गरेको छ । डाक्टरहरु भन्छन् प्रत्यूषाले सुसाइडभन्दा पहिला खतरनाक कदम उठाउँदै गर्भपतन गराएकी थिइन् ।

गर्भपतन गराउनुको कारण भने खुल्न सकेको छैन् । घटनाको अझै अनुसन्धान जारी छ । उनका प्रेमी राहुल अझै प्रहरी हिरासतमा छन् ।