२५ कार्तिक २०८३, बुधबार

कसैले चाहँदैमा आन्दोलन हुँदैनः गृहमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sakti-bashnet

काठमाडौं, ६ वैशाख । गृहमन्त्री शक्तिबहादुर बस्नेतले कसैले चाहँदैमा मुलुकमा फेरि आन्दोलन नहुने ठोकुवा गर्नुभएको छ ।

मधेसी मोर्चाले फेरि आन्दोलन गर्ने तयारीसहित राजधानीमा अवधारणापत्र सार्वजनिक गरिरहेको बेला रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा भने, ‘जनताले अहिले कुनै पनि आन्दोलनको औचित्य महसुस गरेको छैन । धेरै विषय संविधानले संबोधन गरिसकेको कुरा जनताले बुझेका छन । जनताले अनुमोदन नगरेको आन्दोलन कुनै उद्देश्य पुरा गर्दैन ।’

साक्षात्कारमा गृहमन्त्रीले विगमा पनि मधेसी मोर्चाले निर्णायक भनेर गरेको आन्दोलन त्यसै तुहिएको उदाहारण प्रस्तुत गर्दै कसैले चाहदैमा आन्दोलन हुन नसक्ने दावी गर्नुभयो ।

उहाँले आन्दोलनमा उठेका राजनीतिक विषय राजनीतिक तवरबाट समाधान गर्ने कुरा गरिरहे पनि सरकार मुलुकको शान्ति सुरक्षा र जनताको जिउधनको सुरक्षामा एक छिन पनि उदासिन नहुने स्पष्ट पार्दै सरकार जस्तो सुकै परिस्थितिको सामाना गर्न पनि तयार रहेको बताउनुभयो ।

गृहमन्त्री बस्नेतले केही ब्यक्तिले चाहँदैमा सरकार ढल्ने र बन्ने कार्य नहुने दावी गर्दै अहिले सरकार ढाल्नु पर्ने कुनै आवश्यकता नहरेको बताउनुभयो ।