काठमाडौं, ६ वैशाख । प्रधानमन्त्री केपी ओलीसँग नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा परामर्श भएको हो । कांग्रेस नेता पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीका अनुसार प्रधानमन्त्री ओलीसँग संविधान कार्यान्वयनका विषयमा कुराकानी भएको छ ।
त्यसैगरी, ओली र पौडेलबीच आन्दोलनरत मधेसी र जनजातिहरुका मागका विषयमा पनि कुराकानी भएको छ ।













प्रतिक्रिया