२५ कार्तिक २०८३, बुधबार

कांग्रेस सभापति देउवा दिल्ली प्रस्थान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

deuba

काठमाडौं, ६ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा धर्मपत्नी एवम् सांसद डा. आरजु राणा देउवाको उपचारका लागि भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुभएको छ ।

सांसद आरजु राणाको ढाडमा समस्या देखिएपछि शल्यक्रिया गर्न देउवा दम्पती सोमबार नयाँदिल्ली प्रस्थान गर्नुभएको हो ।

भारतमा रहँदा सभापति देउवाले भारतीय नेताहरुसँग उच्च राजनीतिक भेटघाट गर्नुभई मुलुकको समसामयिक राजनीतिक विषयमा छलफलसमेत गर्नुहुने बताइएको छ ।

यद्यपि सभापति देउवाका स्वकीय सचिव भानु देउवाले त्यस्तो कुनै भेटघाट तय नभएको जानकारी दिनुभयो । भारतमा उपचार सकेर सभापति देउवा शनिबार स्वदेश फर्किनुहुनेछ ।

व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल काँग्रेसको सभापति र संसदीय दलको नेतामा हालैमात्र निर्वाचित भएका सभापति देउवालाई भावी प्रधानमन्त्रीका रुपमासमेत हेरिएको छ । रासस