३१ आश्विन २०८३, शनिबार

राष्ट्रकवि घिमिरेद्वारा रामलाल जोशीको ‘ऐना’ लोकार्पण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramlal-Joshi-1

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेले कथाकार रामलाल जोशीको कथा संग्रह ‘ऐना’ बिमोचन गर्नुभएको छ ।

२०५७ सालमा ‘हत्केलामा आकाश’ गजल संग्रह प्रकाशित गरेका साहित्यकार जोशीको ऐनामा सुदूरको सुगन्ध समेटिएको राष्ट्रकवि घिमिरेले बताए । उनले आफू कुलपति हुँदा सुदूरपश्चिममा नेपाल प्रज्ञाप्रतिष्ठानको साखा स्थापनाका लागि पहल गरेर जग्गा नै दिलाएको स्मरण गर्दै नेपाली भाषा, साहित्य र संस्कृतिको उद्गमस्थल यही भेग भएको बताए ।

कार्यक्रममा साहित्यकार डा महादेव अवस्थीले ऐना कथा संग्रहमा जति घत लाग्दा कथा छन् त्यति घत लाग्दा कथा आफूले यसअघि कहिल्यै नपढेको बताए । साहित्यकार डा हेमचन्द्र नेपालले वीपीले मोदी आइन कथामा अधुरै छोडेको युद्धको समाधान कथाकार जोशीले दियो जलिरहेछ कथामा दिएको जिकिर गरे ।

Ramlal-Joshi

साहित्यकार तथा वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलले पछिल्लो पुस्ताका राम्राकथा पढ्न नपाइरहेका बेला जोशीको ऐनाले त्यो अभाव पूर्ति गर्ने बताए । सहित्यकार डा तुलसी भट्टराईले जोशीका कथा प्रतिनिधिमूलक रहेको जिकिर गरे । कथा संग्रहको भाषिक सुद्धासुद्धिमा सघाएका साहित्यकार सुभाषचन्द्र भण्डारीले कथाले त्यस क्षेत्रको मात्रै नभएर समग्र आम नेपालीको प्रतिनिधित्व गरेको बताए । उनले यस कथामा आन्चलिकता यसको मौलिकता भएको बताए ।

ब्रदर्श बुक्सले कथा संग्रह प्रकाशन गरेको हो ।