
काठमाडौं । चलचित्र ‘बुद्ध बर्न इन नेपाल’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । बुद्धको जन्मभूमिका विषयमा भ्रम छर्ने काम भइरहेका बेला यो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
चलचित्र प्रदर्शनमा आएपछि बुद्धको जन्मभूमिका विषयमा फैलिएको भ्रम चिरिने विश्वास लिइएको छ ।
चलचित्रमा नायक रमित ढुंगानाका साथमा अशिष्मा नकर्मी रहेकी छन् । त्यसैगरी ज्ञानेन्द्र देउजाले निर्देशन गरेको चलचित्रका मुख्य कलाकार निर शाह हुन् ।
सार्वजनिक ट्रेलरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत देखाइएको छ ।
जेठ ७ गतेबाट देशभर रिलिज हुने यो चलचित्रको ट्रेलरमा विश्वभर नेपालमा जन्मिएका वुद्धको जन्मभूमिको विषयमा भ्रम छरेको थाहा पाएपछि त्यसविरुद्ध लडेको एक यूवकको कथालाई देखाइएको छ ।















प्रतिक्रिया