१७ कार्तिक २०८३, मंगलबार

नेपाल र भारतका प्रहरीको सहकार्यमा ठूलीआमाबाट बेचिएकी बालिकाको उद्दार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rescue-nar

महेन्द्रनगर, ४ चैत । फागुन १२ गते हराएकी एक नेपाली बालिकाको नेपाल र भारतका प्रहरीको सहकार्यमा भारत हिमाचंल प्रदेशको चिमोर जिल्लाबाट उद्दार गरिएको छ । भीमदत्तनगरपालिका–१८ कञ्चनपुरकी १२ वर्षिया बालिकाको बैशाख १ गते उद्दार गरिएको हो ।

घरबाट बेपत्ता भएको एक हप्तापछि युवतीले फोन गरेर आफू भारतको देहरादुनमा रहेको जनाएपछि आफन्तले प्रहरी र माइती नेपाल कञ्चनपुरमा खोजीका निवेदन दिएका थिए । युवतीले फोन गरेको मोवाईल नम्बरको ‘लोकेशन ट्र्याक’ गरेर उनी रहेको स्थान पत्ता लागेको माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले बताइन् ।

विगतमा नेपालबाट विभिन्न बाहानामा युवती लगेर भारतको दिल्ली र मुम्बई पुर्याउने गरिएको थियो । तर, पछिल्लो समय उत्तराखण्ड र हिमाचंल प्रदेशमा समेत यौन व्यवसाय संचालन हुने ठाउँमा नेपाली युवती पुर्याइने गरिएको माइती नेपाल कञ्चनपुरकी संयोजक भट्टको भनाइ छ । ‘अहिले भारतका उत्तराखण्ढ र हिमांचलमा पनि योन व्यवसाय बढेको छ,’ उनले भनिन्, ‘त्यसैले तस्करहरुले नेपाली युवतीलाई ती राज्यका विभिन्न राज्यहरुमा पुर्याउने गरेका छन् ।’

ठूलीआमा नाता पर्ने महिला फकाएर उनलाई भारतको सीमावर्ती खटीमा सहर पुर्याएको प्रहरीले बताएको छ । यद्यपी प्रहरीले उनलाई पक्राउ गरेको छैन । प्रहरीका अनुसार मुद्दा अगाडि बढाउने तयारी भइरहेको छ ।