१७ कार्तिक २०८३, मंगलबार

बस र ट्याक्टरबाट खसेर दुई जनाको मृत्यु, खलासी पनि परे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, ३ बैशाख । चितवन र सिन्धुलीमा बस र ट्रकबाट खसेर दुई जनाको ज्यान गएको छ । जसमा बसका खलासी पनि परेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार चितवन नगरपालिका–१४ हिरापुरस्थित सडकमा ना.३ त ८६८८ नम्बरको ट्याक्टरबाट खस्दा सोही बस्ने ३५ वर्षीय नेत्रबहादुर नेपालीको शुक्रबार मृत्यु भएको छ ।

नेपाली मादक पदार्थ सेवन गरी उक्त ट्याक्टरमा झुन्डिएको अवस्थामा अचानक खसेको बताइएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी सिन्धुलीको बासेश्वर–३ बलेनिस्थित मध्यपहाडी लोकमार्गमा बा.२ ख ५२१३ नम्बरको बसका सहचालक दोलखा झ्याकु–१ बस्ने १६ वर्षीय महेन्द्र बिक बसको ढोकामा उभिरहेको अवस्था अचानक ढोकाको नट खुस्किन गई सडकमा लडन पुग्दा शुक्रबार घटनास्थलमै मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।