१ कार्तिक २०८३, शनिबार

नेपाललाई पनि बोलाउने गरी पाकिस्तानले राख्यो नयाँ प्रस्ताव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ वैशाख । भारतको नाकाबन्दीपछि पाकिस्तानले नेपालमाथि सहयोग र सद्भाव बढाएको छ ।

यसैक्रममा नेपाललाई समेत बोलाउने गरी पाकिस्तानले नयाँ प्रस्ताव अघि सारेको छ ।

पाकिस्तानी सञ्चारमाध्यमकाअनुसार पाकिस्तानले नेपाली क्रिकेट टोलीलाई सिरिज खेल्न बोलाउन लागेको हो । त्यहाँको राष्ट्रिय क्रिकेट बोर्ड पीसीबीले नेपाल, अफगानिस्तान र वर्ल्ड ११ को क्रिकेट सिरिज आयोजना गर्ने तयारी गरेको छ । जसमा नेपाललाई पनि आमन्त्रण गर्ने तयारी छ । बोर्डको बैठक विहीबार बसेको थियो । यो खेलका लागि आवश्यक बजेट पनि छुट्याइसकिएको छ ।

यद्यपी सुरक्षा व्यवस्थाबारे भइरहेको बहसको टुंगो लागेपछि अर्थात सुरक्षाको ग्यारेन्टी भएपछि मात्रै सिरिज आयोजना हुनेछ । सन् २००९ मा श्रीलंकाको क्रिकेट टिम चढेको बसमा आक्रमण भएपछि पाकिस्तान भ्रमणमा अन्तर्राष्ट्रिय टिम जानै चाहँदैनन् र अहिलेसम्म कुनै टिम गएका छैनन् ।

पाकिस्तानी क्रिकेट बोर्डका अध्यक्ष शहरयार खानले क्रिकेट सिरिज गर्ने प्रस्ताव बोर्डले गरेपनि औपचारिक रुपमा स्वीकृत नभएको बताएका छन् । ‘सुरक्षाका कारण म्याच फिक्स हुन सकेको छैन् । अन्य देशहरुसँग समन्वय गरेर छिट्टै निर्णयमा पुग्छौं’ उनले भनेका छन् ।