८ कार्तिक २०८३, आइतबार

मानुषीका पतिका कारण बाबुराम र हिसिलाको घरबार बिग्रदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ वैशाख । युद्धकालदेखि नै बाबुरामका स्वीकय सचिव रहेका विश्वदीप पाण्डे र ज्वाइ जेकेन्द्र श्रेष्ठबीच त त र म म भएको छ ।

हिसिलाले ज्वाईलाई हरेक गतिविधिमा परिचालन गरेपछि असन्तुष्ट रहेका विश्वदीपले मर्यादा नाघेको भन्दै साइजमा बस्न निर्देशन दिएपछि मलाई निर्देशन दिने तिमी को हौ भन्दै पटक पटक त त र म म भएको जनआह्वान साप्ताहिकले समाचार छापेको छ ।

हिसिलाले विश्वास गरेका सबैले धोका दिएको र गड्यौला काण्ड समेत सार्वजनिक गरेपछि विश्वासिलो मान्छे पनि हुने, छोरीको घरबार पनि हुने भन्दै जेकेन्द्रलाई छोरी मानुषी अन्माएकी हुन् ।

विश्वदीप बाबुरामसँग मात्रै रहने र आफ्नो कुनै सहयोगी नभएको भन्दै हिसिलाले ज्वाइलाई परिचालन गरेकी छिन् ।

तर पछिल्लो दिनमा पाण्डेको काममा समेत जेकेन्द्रले हस्तक्षेप गरेको र जान्ने भएको भन्दै दुई बीच अत्यन्तै तिक्त सम्बन्ध रहेको सानेपा स्रोतको भनाइ छ ।

उक्त स्रोतकाअनुसार जेकेन्द्रले आफूलाई म्यामले भनेको काम गरेको बताएका छन् ।

त्यसो त बाबुराम भने जेकेन्द्र बढी जान्ने भएको भन्दै ज्वाइ समेत नभन्ने भन्दै पाण्डेको पक्षमा लागेपछि बाबुरामको घर परिवार नै बिग्रने अवस्थामा पुगेको छ ।