८ कार्तिक २०८३, आइतबार

बाबुरामको नयाँ क्यालेन्डरभित्र के छ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ वैशाख । नयाँ शक्तिले नयाँ वर्ष २०७३ को उपलक्ष्यमा क्यालेन्डर प्रकाशन गरेको छ । माओवादी आन्दोलनका उच्च सहिद सुरेश वाग्ले र जनमुक्ति सेनाको विशेष दस्ताद्वारा मारिएका सशस्त्र प्रहरी बलका प्रथम महानिरीक्षक कृष्णमोहन श्रेष्ठको तस्विरलाई एकै स्थानमा राखी प्रकाशन गरिएको छ ।

वाग्ले प्रहरीको कारवाहीमा मारिएका माओवादीका उच्च तहका नेता हुन् । तर वाग्ले र श्रेष्ठलाई समान हैसियतमा राखेर क्यालेन्डर प्रकाशन गर्नु सर्वथा नाजायज भएको भन्दै पूर्व माओवादीले आपत्ति जनाएका छन् ।

यस्तै बाबुरामले जनयुद्धकालमा सुराकी गरेर मारिएकालाई समेत उच्च महत्व दिदै क्यालेन्डरमा राखेका छन् । बलिदान र सफायालाई एकै स्थानमा राखेर सम्मान गर्नु कसरी जायज भयो भन्दै बाबुरामलाई प्रश्न माथि प्रश्न उठाउन थालिएको जनआह्वान साप्ताहिकले समाचार छापेको छ ।

पार्टी घोषणा गर्न नसक्नु, कार्यकर्ता समेत परिचालन हुन नमान्नु, पूर्व माओवादी पूरानै घरमा फर्कने अवस्थामा पुग्नु, नयाँ कुनै आर्कषण नदेखिनुले बाबुरामको शक्ति निक्सनको फर्मूला भन्दा फरक हुन नसक्ने अवस्था देखिएको छ ।