८ कार्तिक २०८३, आइतबार

भारतले नेपालमा फेरि लगायो अर्को प्रतिबन्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, ३ वैशाख । गैरआवासीय नेपालीले दान दिएका दमकल र एम्बुलेन्स नेपाल ल्याउन भारतले रोक लगाएको छ ।

गोर्खा–ब्रिटिस फाउन्डेसनले झापा मेचीनगर नगरपालिकाका लागि पठाएको एम्बुलेन्स र दमकल आठ महिलादेखि भारतमा बिनाकारण रोकिएका छन् । नागरिक दैनिकले समाचार छापेको छ ।

कोलकातास्थित बन्दरगाहमा आठ महिनादेखि थन्किएको एउटा एम्बुलेन्स र एउटा दमकल मेचीनगर ल्याउने प्रयास सफल हुन सकेको छैन ।

काँकडभिट्टाकै बासिन्दासमेत रहेका बेलायतका पूर्व काउन्सिलर धन गुरुङको पहलमा नगरपालिकालाई दुई दमकल र दुई एम्बुलेन्स दिने सहमति भएको थियो ।

सहमति अनुसार पहिलो चरणमा एउटा दमकल र एउटा एम्बुलेन्स पठाइएको थियो ।

गत भदौं पहिलो साता बेलायतबाट गुरुङको नेतृत्वमा १५ जनाको टोलीले काठमाडौं र मेचीनगर भ्रमण गरेको थियो ।

‘बेलालयका पूर्व आकाउन्सिलर गुरुङकै अगुवाइमा मेचीनगगरलाई दमकल, एम्बुलेन्स र औषधि आएको थियो’, मेचीनगरका कार्यकारी अधिकृत पशुपति खतिवडाले भने, ‘तर आठ महिना बित्यो औषधि पनि आइपुगेको छैन ।’