८ कार्तिक २०८३, आइतबार

रगताम्य भएर युवतीहरू किन पुग्छन् अस्पताल ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ वैशाख । कानुनविपरीत जुनसुकै पसलमा बेच्न राखिएको गर्भ तुहाउन खाइने औषधि जथाभावी खाँदा महिलाहरुको ज्यानै धरापमा परेको छ ।

औषधिद्वारा गर्भपतन गर्न सरकारले कानुनी मान्यता दिएपनि निगरानी नगर्दा जथाभावी औषधि खाएर महिला रगताम्मे वा बेहोर भएर अस्पताल पुग्ने गरेका छन् ।

गर्भ रहेको पत्तो पाउनासाथ काठमाडौं कलंकीकी १९ वर्षीया एक युवतीले नजिकैको औषधि पसलमा पुगिन् ।

औषधि पसलले चुपचाप चर्को शुल्क असुल्दै उनको हातमा गर्भ तुहाउने औषधि थमाइदिए । औषधि खाएपछि उनको तल्लो पेट दखुख्न थाल्यो ।

पेटदुखाइ बढ्दै जाँदा रगत पनि बग्न थाल्यो । रिंगाटा पनि बढ्दै गयो । ठीक हुने आसमा परिवारले केही दिन उनलाई घरमै थुमथुम्याए ।

रक्तश्राप र कमजोरले उनी अचेत भइन् । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा पुगाउँदा सिकिस्त उनलाई बचाउन चिकित्सकलाई हम्मेहम्मे परेको छ ।

पूर्ण जानकारी नलिई उनले साथीको लहैलहैमा औषधि खाएकी थिइन् । कुन औषधि कसरी खानु भयो भन्ने चिकित्सकको प्रश्नको उत्तर दिन सकिनन् उनले ।