८ कार्तिक २०८३, आइतबार

देउवाले एकाएक लिए कसैले नसोचेको निर्णय !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Deuba-sher

काठमाडौं, २ वैशाख । कांग्रेस सभापति शेरबहादुर देउवाले रिक्त पदाधिकारी तथा केन्द्रीय सदस्यमा तत्काल मनोनयन नगर्ने भएका छन् ।

१३ औ महाधिवेशनवाट पारित विधानअनुसार कांग्रेसमा एक उपसभापति,एक महामन्त्री,एक सहमहामन्त्री,एक प्रवक्ता र १४ जना केन्द्रीय सदस्यमा मनोनयन गर्न बाँकी छन् ।

स्रोतका अनुसार देउवाले कम्तीमा एक महिना कुनै पनि पदमा मनोनयन गर्ने अवस्था नभएको आफुनिकटलाई जनाउ दिएका छन् ।

देउवाले सात केन्द्रीय सदस्य भने यसअघि नै मनोनयन गरिसकेका छन् । रिक्त पदाधिकारी तथा केन्द्रीय सदस्यमा मनोनयन हुन चाहने आकांक्षीको तीव्र दवावका कारण देउवाले मनोनयन गर्न ढिला गरेका हुन् ।

देउवाले एकाएक मनोनय नगर्ने निर्णय लिएपछि मनोनयको सूचीमा परेका नेताहरु निराश भएका छन् । यस्तो निर्णय देउवाले लोलान भनेर उनीहरुले सोचेका पनि थिएनन् । राजधानी दैनिकमा खबर छ ।