८ कार्तिक २०८३, आइतबार

पूर्व राष्ट्रपति यादवको जीवनकै दर्दनाक रहस्य खुल्यो !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ram-baran-Yadav

काठमाडौं, १ वैशाख । पूर्वराष्ट्रपति प्रमुख अतिथि थिए । कार्यक्रममा रेडियो नाट्यकर्मीले बालविवाह र यसले निम्त्याएका समस्याबारे निकै मार्मिक रेडियो कथा सुनाए ।

सो कथा सुनेपछि निकै गम्भीर बनेका पूर्व राष्ट्रपति यादवले आफ्नो पनि बालविवाह भएको रहस्य उद्घाटन गर्दै भने , ‘मेरो विवाह चौध वर्षको उमेरमा भएको थियो ।

त्यतिबेला बालविवाह गर्ने प्रचलन रहेकाले बुबाआमाले मेरो विवाह गरिदिँदा मेरी श्रीमती १२ वर्षकी थिइन्,’ एक अर्कालाई नहेरी तथा नबोली विवाह गरेको बताउँदै यादवले भने, ‘विवाहपछि म पढेर डाक्टर भएँ, श्रीमतीले पढिनन् ।

मेरो दुई जना दिदीले पनि छोरी भएकै कारण पढ्न पाएनन् ।’ पूर्व राष्ट्रपति यादवले आफ्नो विवाह भएको ६० वर्षपछि समय फेरिए पनि धेरै किशोरीको हातमा कलम कापी हुनुपर्नेमा काँखमा बच्चा भएको देख्दा दुःख लाग्ने बताए । राजधानी दैनिकमा खबर छ ।