८ कार्तिक २०८३, आइतबार

तीन सुरक्षा निकायले यसरी गरे ठूलो भ्रष्टाचार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bharstrachar Corruptionकाठमाडौं, १ वैशाख । काठमाडौंमा आयोजित दक्षिण एसियाली क्षत्रीय सहयोग संगठन (सार्क)को १८ औँ शिखर सम्मेलनका लागि सुरक्षासामग्री खरिदमा सरकारका प्रमुख तीन सुरक्षा निकायले आर्थिक अनियमितत गरेको पाइएको छ ।

डेढ वर्षअघि सम्पन्न सम्मेलन सुरक्षा जिम्मेवारी पाएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले करोडौं रुपैयाँ अनियमितता गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको नागरिक दैनिकले समाचार छापेको छ ।

सम्मेलनका लागि खरिद गरिएको भनिएका कतिपय सामग्री सरोकारवाला निकायले सम्मेलन सम्पन्न भएको एक वर्षपछि मात्र प्राप्त गरेको र केहीले अझै ती सामग्री नबुझेको पनि कार्यालयले सोमबार जारी गरेको ५३ औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

सार्क सम्मेलन लक्षित सामग्री हालसम्म प्राप्त नगर्दा पनि यी निकायले सम्झौता रद्द गरेका छैनन् । तत्कालीन मन्त्रिपरिषद बैठकले सार्क सम्मेलन तयारीका लागि २०७१ कात्तिक २५ भित्र आवश्यक सामग्री आपूर्ति गरिसक्नु पर्ने निर्णय गरेको थियो ।

२०७१ असार २० को मन्त्रिपरिषद निर्णयअनुसार त्यही वर्षको मंसिर १०–११ सम्म चलेको सम्मेलनका लागि १० वटा मन्त्रालयले २ अर्ब ५ करोड २१ दाख रुपैयाँ खर्च गरेका थिए ।

नेपाली सेनाले सम्मेलनकै लागि सिंगापुरको एक कम्पनीसँग १ करोड ४४ लाख ६५ हजार मूल्यका उपकरण खरिद गर्न सम्झौता गरेको थियो ।