काठमाडौं, १ वैशाख । पूर्वाञ्चलका बासिन्दाले तिब्बत जोड्ने ताप्लेजुङस्थित ओलाङचुङगोला नाका सञ्चालन गर्न दबाब अभियान सुरु गरेका छन् ।
सरकारले यो नाकाको महत्व नबुझेको भन्दै सुरु गरिएको पूर्वाञ्चलबासीको प्रचार तथा दबाब अभियानलाई कलाकारदेखि सांसदसम्मले साथ दिएका छन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा ओलाङचुङगोला नाका खुलाउने विषयलाई पनि एजेन्डामा पार्न स्थानीयले सरकारको ध्यानाकर्ष गराएका थिए ।
आफूहरुको माग सुनुवाइ नर्भको भन्दै ओलाङचुङगोलाका बासिन्दाले नाकाको महत्वलाई प्रचार गर्न भन्दै पहिलो चरणमा भारतसँग नाका जोडिएको झापाको केचनाकवलदेखि चीनसँग नाका जोडिएको ताप्लेजुङको ओलाङचुङगोलास्थित टिपतला भञ्ज्याङसम्मको पदयात्रा सम्पन्न गरेका छन् ।















प्रतिक्रिया