८ कार्तिक २०८३, आइतबार

कहाँ पुग्यो क्यानडामा नेपालीलाई आकर्षक रोजगारी ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Canada_carousel_city

काठमाडौं, ३० चैत । गत वैशाखमा गएको विनाशकारी भूकम्पपछि क्यानडाका श्रम मन्त्रीले नेपाल भ्रमण गरिन्। भूकम्पले मानवीयसहित ठूलो मात्रामा भौतिक सम्पतिको क्षति गरेको देखेर उनले नेपाललाई दिने सहयोगका बारेमा खुलेरै बोलिन्।

त्यसैबेला भूकम्पबाट थोरै भएपनि राहत दिन उनले नेपाली युवालाई कृषि र केयर गिभरमा काम गर्न खुला गर्ने घोषणा नेपालमै रहँदा गरेकी थिइन्।

क्यानडाको घोषणालाई नेपाल सरकारले तुरुन्तै स्वागतयोग्य निर्णय भन्यो अनि त्यहाँ आफ्ना कामदार पठाउन प्रक्रिया थालिहाल्ने जवाफ पनि दियो। नेपालको अवस्था बुझ्न आएकी त्यहाँकी मन्त्री रसुवालगायत केही ठाउँमा पुगेर एक सातासम्म भूकम्पपीडितलाई सहयोग गरी आफ्नो मुलुक फर्किइन्।

क्यानडाले नेपाली कामदार लैजाने भनेको करिब एक वर्ष पुग्नै लागेको छ। तर यसबीचमा नेपाल सरकारले कामदारलाई आकर्षक कमाइ हुन सक्ने यो मुलुकमा पठाउन नतिजायोग्य केही पनि काम गर्न सकेको छैन। क्यानडाको श्रम मन्त्रीलगायत सरोकारवाल निकाय र अधिकारीलाई एकपटक भेट्नसमेत सकेका छैनन्।

श्रम तथा रोजगार मन्त्रालयका अनुसार त्यसयता क्यानडामा रहेको नेपाली नियोगले त्यहाँको श्रम मन्त्रीलगायत सरोकारवाला सरकारी अधिकारीलाई भेट्न पहल गरे पनि सम्भव हुन सकेको छैन। अन्नपूर्ण पोस्टमा समाचार छ ।